६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

एक महिने हलुका सबारी चालक तालिम सम्पन्न

पालुङटार नगरपालिका वडा नम्बर ७ ले सन्चालन गरेको  युवा लक्षित कार्यक्रम युवालाई सिपमुलक तालिम अन्तर्गत एक महिने  ड्राइभिङ तालिमको एक कार्यक्रमको बिच समापन गरेको छ ।

पालुङटार नगरपालिकाका नगरप्रमुख विबस चिन्तन अजय को प्रमुख आतिथ्यतामा द रिभर साइड ड्राइभिङ एन्ड पृ टेस्ट सेन्टरको प्राङडमा कार्यक्रम भएको हो । कार्यक्रममा विशिष्ट अतिथिमा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अर्जुन बहादुर कुमाल र वडा सदस्य प्रेम कुमाल रहनु भएको थियो भने सभा अध्यक्ष द रिभर साइड ड्राइभिङ स्कुलका सन्चालक रामबहादुर कुमाल रहनु भएको थियो।

युवा लक्षित कार्यक्रम अन्तर्गत पालुङटार नगरपालिका वड नम्बर ७ ले ३ लाख बजेट मार्फत ३० जना युवा लाई ड्राइभिङ सिकाएको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख बिबस चिन्तन अजयले हामी दिन तयार छौ तपाइहरु माग्न आउनु होस् उहाले भन्नुभयो  आफ्नो  नगरपालिकामा लोकसेवा पास गरेर जागिर खाने कोहि नहुदा बाहिर जिल्ला बाट आउने कर्मचारी यहाँ बसेर काम नगर्ने आफ्नै जिल्ला जाने हुदा  आफुहरुलाइ काम गर्न असहज भएको दुख  गर्नु भएको छ ।

मेरो चाहाना यहिका युवालाई लोकसेवा पढाउने र लोकसेवामा जागिरमा नाम निकालेको हेर्न मन भएकोले  यहाँ युवालाइ संगठित भएर आउन आग्रह गर्नु भएको छ । तपाइहरु संगठित भएर आउनुस सम्पूर्ण खर्च  नगरपालिकाले गर्न तयार छ उहाले भन्नू भयो । थाइ कर्मचारी नहुदा स्वास्थ्यको कर्मचारीलाई पन्जिकरणको काम गर्न पर्ने बाध्यता रहेको पनि बताउनु भएको छ ।

यस्तै कार्यक्रममा बोल्दै वडा अध्यक्ष अर्जुन बहादुर कुमालले युवालाई रोजगारी र स्वोरोजगार बनाउने उदेश्यले आफुले यो कार्यक्रम ल्याएको र अझै आगामी दिनमा पनि तपाइहरुको माग बमोजिमको कार्यक्रम ल्याउने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित