६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

प्रधानमन्त्रीको दाबी : पोखरा विमानस्थलको सम्पूर्ण ऋणलाई अनुदानमा बदल्न मेरो ध्यान छ।प्रधानमन्त्री प्रचण्ड

४ चैत, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको वातावरण बनाउन छिमेकी मित्रराष्ट्र चीन भ्रमणको क्रममा एउटा समझदारी बनेको प्रचण्डले बताए ।

ऋणको सन्दर्भमा २५ प्रतिशत अनुदानमा बदल्न सकिन्छ कि भन्ने सम्भावनामात्रै होइन, सम्पूर्ण ऋणकै बारेमा पनि आफ्नो ध्यान रहेको प्रचण्डको भनाइ थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई ऋणमा डुबायो भनेर ब्याख्या गर्ने गरिएको बताउँदै प्रचण्डले यो एउटा ऐतिहासिक काम भएको जिकिर गरे ।

‘आज मैले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दैछु, यो सन्दर्भमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको महत्व र भूमिका अझ धेरै स्थापित हुन्छ भन्ने पनि विश्वास छ,’ प्रचण्डले भने, ‘त्यसकारण मेरो ध्यान छ, नियमित उडान भर्ने वातावरणका लागि पनि ऋणको व्यवस्थानको बारेमा पनि । मेरो ध्यानमात्रै होइन, मैले सम्भावना देखेको छु ।’

२२ अर्ब रुपैयाँ चिनियाँ ऋणमा बनेको विमानस्थलले ब्याज तिर्न पनि नसक्ने अवस्थाले पोखरेलीलाई चिन्तित बनाएको भन्दै व्यवसायी विश्वशंकर पालिखेले पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

पोखरामा दयाशंकर स्मृति पत्रकारिता पुरस्कार अर्पण समारोहमा बोल्दै प्रचण्डले पोखरा विमानस्थलबाट नियमित उडान हुनेमा पोखरेलीलाई आश्वस्त पार्ने कोसिस गरेका हुन् ।

गत साल पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले तामझामका साथ उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चाटर्डबाहेक अन्तर्राष्टिय उडान अहिलेसम्म हुन सकेको छैन ।

चिनको ऋण अनुदानमा बनेको विमानस्थल भूराजनीतिक चपेटामा परेको र ऋणको भार थेग्न नसक्ने गरी बनाइएको, प्राविधिक त्रुटि भएको भन्दै व्यवसायीले प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराएका थिए ।

‘पोखरा जोडने मुख्य सडकको अवस्था बिकराल छ भने हजुरकै  बाहुलीबाट उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलवाट हालसम्म पनि अन्र्तराष्ट्रिय उडान नियमित हुन सकिरहेका छैनन,’ पोखरा पर्यटन परिषदको नेतृत्वमा बिहान प्रधानमन्त्री ज्ञापन पत्र बुझाउँदै व्यवसायीले भने ।

पोखरा अन्तराष्ट्रिय एयरपोर्टबाट अन्तराष्ट्रिय उडानका लागि नेपाल एयरलाइन्सबाटै सुरु गर्दै अन्य एयरलाइन्सलाई पनि सुविधासहित आकर्षण प्याकेज दिई प्रोत्साहन गर्न पनि माग गरिएको परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित