६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिँदै

काठमाडौं । सत्ता गठबन्धनले आज सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । न्यूनतम साझा कार्यक्रमको मस्यौदा सत्ता गठबन्धनको कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइसकेको छ ।

गत शनिबार दश सदस्यीय कार्यदलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको थियो ।

उक्त कार्यदलले बुझाएको मस्यौदामा शीर्ष नेताहरूले छलफल गरेर आज सोमबार सार्वजनिक गर्ने तयारी रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा कार्यदलका सदस्य मुकुल ढकालले जानकारी दिनुभयो ।

यसलाई सत्तारुढ पाँच राजनीतिक दलले न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प भनेका छन् । अहिलेको शिथिलता, वैदेशिक पलायन, उत्पादन र देशका मौजुदा अवस्थालाई प्राथमिकतामा राखिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित