६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

पालुङटार नगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न ।

१५ चैत गोरखा । पालुङटार नगरपालिकाको आयोजनामा पालुङटार नगरपालिका वडा नं. ९ स्थित वडा कार्यालयको परिसरमा वडा नं. ९ का वडा अध्यक्ष भेजराज पाण्डेको अध्यक्षतामा र नगर प्रमुख विवस चिन्तन ज्यू को प्रमुख आतित्थ्यमा कार्यक्रम भएको हो ।

 नगर प्रमुख विवस चिन्तनले ब्यानर पढी सार्वजनिक सुनुवाइ कार्यक्रमको उदघाटन गर्नु भएको हो । कार्यक्रममा उप प्रमुख बन्दना पाण्डे , प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी वडा अध्यक्ष अन्य जनप्रतिनिधि  शाखा प्रमुखहरु, बिभिन्न राजनीतिक दलका प्रतिनिधि , स्थानीयबासीहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रम पत्रकार  राजेश पौडेल र सुजन न्यौपानेले संचालन गर्नुभएको हो । कार्यक्रममा नगरबासीहरुले नगरको विकासको सम्बन्धमा भएका बिभिन्न योजना, कार्यक्रम र सेवाहरुको बिषयमा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष र शाखा प्रमुखहरुलाई विभिन्न प्रश्न र  जिज्ञासा राखेका  थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित