६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

अबुवा–बिर्दी–सेरा–पौवाटार सडक कालोपत्रे हुने

गोरखाको अबुवा–बिर्दी–सेरा–पौवाटार सडक कालोपत्रे हुने भएको छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजना–ए एफ आयोजना कार्यान्वय इकाई पोखराले उक्त सडक कालोपत्रे गर्न लागेको हो ।

सडक कालोपत्रेका लागि भिबिइपिएल–एसिपिएल जेभी निर्माण कम्पनीसँग गत चैत्र १३ गते ३० करोड ६१ लाख ३५ हजार ६३८ रुपैयाँ २३ पैसामा ठेक्का सम्झौता भएको इकाईका इन्जिनियर सतिष सुवेदीले बताए । कालोपत्रे हुन लागेको अबुँवादेखि पौवाटारसम्मको १५.५५ किलोमिटर सडकको ५.५ मिटर फराकिलो रहने उनले बताए । एशियाली विकास बैंकको ऋण सहयोगमा सडक कालोपत्रे गर्न लागिएको उनले बताए ।

इकाईका इन्जिनियर सुवेदीका अनुसार डिभिएसटी प्रविधिबाट सडक निर्माण गरिने बताएको छ । सडक निर्माणको लागि निर्माण कम्पनीबाट अहिले सर्भेको काम भई रहेको उनले जानकारी दिए । ‘ठेक्का सम्झौता भई सक्यो, अहिले निर्माण कम्पनीबाट सर्भेको काम चलिरहेको छ,’ उनले भने, ‘सर्भे लगभग १५/२० दिनमा सकिन्छ होला, करिब करिब जेठ १० गतेबाट निर्माण काम नै सुरु हुन्छ ।’

पञ्च वर्षिय योजना अनुरुप २०८२ चैत्र १३ गते काम सक्ने गरी ठेक्का सम्झौता भएको हो । बाँकी तीन वर्ष भने सडक हेरचाह तथा मर्मत सम्भार गर्ने कार्य हुने इकाईका इन्जिनियर सुवेदीले बताए । निर्माण कार्यमा सहजिकरण गरिदिनका लागि दुवै नगरपालिकालाई आयोजना इकाईले आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित