६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

शैक्षिक व्यवस्थापन र गुणस्तर सुधारमा प्रतिबद्ध पालुङटार नगरपालिका

सन्ध्या नेपाली गोरखा। गत शैक्षिक सत्रको नतिजा विश्लेषण संगै गुणस्तर सुधारको योजना सहित पालुङटार नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा अगाडि बढेको छ । शाखाको यो कार्य प्रतिबद्धतालाई साथ दिदै  बिधालयहरुले समेत शैक्षिक गुणस्तर सुधारको लागि विभिन्न प्रयत्न गरिरहेका छन् । खासगरी नगरपालिका भित्र धेरै विद्यार्थी सङ्ख्या रहेका बिद्यालयहरुले यस्तो प्रयत्न अघि बढाएका हुन् । यसको लागि भवानी मा.वि. ले ९:३० बजे बाट ५ बजे सम्म बिद्यालय सन्चालन गर्ने निर्णय गरेको छ जनता मा.वि.ले नियमित समयभन्दा ३० मिनेट थप पठनपाठन गर्ने निर्णय गरेको छ । नगरपालिका भित्र सबै भन्दा धेरै विद्यार्थी रहेको पालुङटार ७ को जीवन ज्योति मा.वि. ले शिक्षक कर्मचारीको कार्य विभाजन गरि चालु शैक्षिक सत्रको कार्य योजना सार्वजनिक गरेको छ । त्यस्तै  नगरपालिका भित्रको एक मात्र नमुना बिद्यालय अमरज्योति जनता मा.वि, अन्नपूर्ण मा.वि , धर्माेदय  मा.वि.ले समेत बिद्यालयको शैक्षिक गुणस्तर सुधारका स्पष्ट कार्ययोजना सार्बजनिक गर्दै शैक्षिक गतिविधि अगाडि बढाएका छन् ।  बिद्यालयको यस्तो कामलाइ बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायतका सरोकारवाला पक्षले समेत समर्थन र सहयोग गरेको छन् ।

नयाँ शैक्षिक सत्रको सुरुवात संगै  नगरपालिकाले बिशेष प्राथमिकताको साथ  शैक्षिक गुणस्तर सुधारमा लागि परेको हो । यसको लागि नगरपालिकाले बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारिहरुको विद्यालय व्यवस्थापन सम्बन्धी क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रम  गरेको छ । त्यसै गरि शिक्षककाे पेसागत  क्षमता विकासको लागि सामुदायिक बिद्यालयको IT फोकल  शिक्षकहरुकाे क्षमता विकास तालिम समेत सम्पन्न गरेको छ । अब छिट्टै पालिकाले एकीकृत पाठ्यक्रम प्राबिधिकरण कार्यक्रम समेत संचालन गर्न लागेको जानाकारी दिएको छ । शैक्षिक गुणस्तर विकासका लागि सहपाठी शिक्षाण सिकाइ संचालन हुने, शिक्षककाे अभिमुखिकरण कार्यक्रम समेत सञ्चालन गर्ने तयारि गरेकाे छ ।त्यस्तै गरी बिद्यालयको प्रसासनिक सुधारको लागि प्रस्तावित माध्यमिक बिद्यालयमा प्रधानाध्यापक व्यवस्थापनको तयारी अगाडी सारेको छ । यी बाहेक नगरपालिकाले अभिभावक शिक्षा कार्यक्रम, विद्यार्थीको लागि मानसिक स्वस्थ्य तथा मनोसामाजिक परामर्श कार्यक्रम, विषयगत शिक्षक समूह परिचालन लगायतका कार्यक्रम मार्फत  गुणस्तर सुधारको योजनाम नगरपालिका अगाडी बढेको छ।

पालुङटार नगरपालिका प्रमुख विवस चिन्तन उपप्रमुख बन्दना पान्डे प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, शिक्षा शाखा प्रमुख पुर्ण बहादुर नेपाली लगायतले नगरपालिकाको शैक्षिक सुधारको लागि अल्पकालीन मध्यमकालीन र दीर्घकालीन योजनाको साथ शैक्षिक सुधारको लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।साथै आगामी आर्थिक बर्षको नीति  कार्यक्रम र योजनामा शैक्षिक सुधारको स्पष्ट खाका सहित वजेटको ठूलो हिस्सा शिक्षा क्षेत्रमा खर्च गरिने नगरपालिका प्रमुख विवस चिन्तन र उपप्रमुख बन्दना पाण्डेले प्रतिबद्धता जनाउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित