६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

ने.क.पा एमाले पालुङटार नगर कमिटीको अध्यक्षमा पुन वसन्त कुमार श्रेष्ठ निर्वाचित

२९ बैशाख गोरखा । पालुङटार नगरपालिका मा नेकपा एमालेको दोस्रो नगर अधिवेशनबाट बसन्त श्रेष्ठ पुनः अध्यक्षमा निर्वाचित भएका छन्।

हिजो पालुङटार नगरपालिका वडा नम्बर ७ मा रहेको जीवन ज्योती माबिको  सभाहलमा भएको अधिबेशनमा  अध्यक्ष पदको लागि सर्वसम्मत चयन हुन नसकेपछी राती साझ अबेर  वसन्त श्रेष्ठ, प्रकाश न्यौपाने  र भोला कुमार श्रेष्ठ बिच चुनावी प्रतिस्पर्धा भएको थियो ।

निर्वाचित श्रेष्ठले कुल खसेको मत ११२ मध्ये ६४ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी प्रकाश न्यौपानेले ३६ मत र अर्का प्रत्याशी भोला कुमार श्रेष्ठले ९ मत प्राप्त गरेका थिए । ३ मत भने बदर भएको थियो। अधिबेशनले उपाध्यक्षमा प्रकाश न्यौपाने, सचिवमा राममाया राना, उपसचिवमा रबिन खड्का र महिला सचिवमा सावित्री देवी न्यौपाने भने सर्वसम्मत चयन भइसकेका छन् ।

नगरसमिति अध्यक्ष बसन्त कुमार श्रेष्ठको अध्यक्षतामा अधिबेशन भएको थियो । नेकपा एमालेका केन्द्रिय पोलिटव्यूरो सदस्य एवं गोरखा जिल्ला इन्चार्ज लिल बहादुर थापाले प्रमुख अतिथिको रुपमा बोल्दै पार्टीका गतिविधी को बारेमा जानकारी सहित प्रशिक्षणमूलक भनाई राख्नुभएको थियो । त्यस्तै गरी बिशिष्ट अतिथिको रुपमा नेकपा एमालेका केन्द्रिय पोलिटव्यूरो सदस्य एवं लमजुङ जिल्ला इन्चार्ज रामशरण बस्नेतले निर्देशनात्मक एवं प्रशिक्षणमूलक मन्तव्य राखेका थिए।  त्यस्तै गरी नेकपा एमालेका केन्द्रिय सदस्य एवं पालिका इन्चार्ज सम्झना देवकोटा, जिल्ला अध्यक्ष सुरेन्द्र बहादुर थापा, प्रदेश कमिटी सदस्य एवं संघीय निर्वाचन क्षेत्र नं. २ का इन्चार्ज गोपाल पाण्डे, प्रदेश कमिटी सदस्य हरि काफ्ले, हरि भट्ट लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित