६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

लमजुङमा पहिरोले ३ घर बगाउदा ४ जना बेपत्ता

 लमजुङ असार १२ ।  अविरल बर्षासंगै पहिरोका कारण लमजुङको क्व्होलासोथार गाउँपालिका-३ बगुममा तीन घर बगाऊदा चारजना बेपत्ता भएका छन ।

स्थानियका अनुसार रातीको समयमा पहिरो आएको र अहिले बेपत्ताहरुको खोजि भईरहेको छ । अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलि घटनास्थल तर्फ जाँदै छ । घटनाको बिषयमा थप विवरण आउन बाकी छ ।

त्यसैगरी गएरातीकै पहिरोका कारण बेसीशहर नगरपालिका-११, चिती स्याउतमा दुई जना घाइते भएकोमा दुवैलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याईदै गरेको लमजुङ प्रहरीले जनाएको छ।

पहिरो कै कारण बेसीशहर-मनाङ सडक पनि अवरुद्ध भएको छ । बेसीशहर-६ खरखरेमा पहिरो झरेपछि सडक अवरुद्ध बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित