६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

मध्य पाहाडी लोकमार्ग को काम छिटो सक्न मेयर को दबाब

गोरखा, २२ भदौं । मध्यपहाडी लोकमार्ग अन्तरगत पालुङटार नगरपालिका क्षेत्र भित्र पर्ने सडकखण्ड  निर्माणको काम अघि बढाउन नगरपालिकाले दवाव दिएको छ । ठेकेदारले काम अलपत्र छोडेर सम्पर्क बिहिन भएपछि नगरपालिकाले नगर क्षेत्र भित्र पर्ने सातदेवाटेदेखि ठाँटीपोखरीसम्मको निर्माणको काम तत्काल अघि बढाउनका लागि ठेकेदार कम्पनीलाई दवाब दिएको हो ।

नगरप्रमुख बिबस चिन्तनले बर्खाका बेला उक्त सडकखण्डमा यात्रुहरुले सास्ती खेप्नु परेको भन्दै सडक निर्माणको काम छिटोसक्ने गरी अघि बढाउन आयोजना कार्यालयमा पुगेर आग्रह गर्नुभएको थियो ।  ठेकेदार सम्पर्कमा आएपछि मंगलबारदेखि  उक्त खण्डमा सडक निर्माणको काम पुनः सुरु भएको उहाँले बताउनुभयो । नगरप्रमुख चिन्तनले उक्त सडकखण्डको स्थलगत अबलोकन समेत गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित