६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

अभिनेता पल शाह जेलमुक्त

शाहलाई उनका कानुन व्यवसायी कमलामोहन वाग्ले र परिवारका सदस्यले जिम्मा लिएका हुन्। उनीहरुले खादा र माला लगाएर पलको स्वागत गरेका थिए।

नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पल शाहले सफाइ पाएका हुन्।

अहिले स्वागतका लागि उनका समर्थकको दमौलीमा भिड लागेको छ। हिजो फैसला आउँदा कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएकोले आज जिल्ला कारागार तनहुँबाट उनी रिहा भएका हुन्।

१७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएपछि पक्राउ परेका शाहलाई पीडितले बयान फेरेपछि दुवै जिल्ला अदालतले सफाइ दिएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित