६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

पीएनजीसँगको खेलमा नेपालका आशिफको शतक : एकदिवसीय अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने नेपालका दोस्रो खेलाडी

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा अहिले नेपाल र पपुवा न्युगिनी (पीएनजी) खेलिरहेका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले टस हारेर अहिले ब्याटिङ गरिरहेको छ । नेपालका आशिफ शेखले शतक बनाएका छन् । उनले एक सय १ बलमा सय रन पूरा गरे ।

आशिफले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक प्रहार गरे । योसँगै एकदिवसीय अन्तर्राष्ट्रियमा उनको एक हजार रन पनि पूरा भएको छ । एकदिवसीयमा एक हजार रन पूरा गर्ने आशिफ दोस्रो नेपाली खेलाडी बनेका छन् । यसअघि कप्तान रोहित पौडेलले एक हजार रन बनाएका थिए । आशिफ १ सय १० रनमा आउट भए । 

आज कुशल भुर्तेल ४५ तथा ज्ञानेन्द्र मल्ल ११ रन र कुशल मल्ल २ रनमा आउट भए । आईसीसी विश्व कप क्रिकेट लिग–२ को यो अन्तिम शृङ्खला हो । नेपाललाई शीर्ष तीनमा रहँदै आउँदो जुन/जुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोट सोझै खेल्न बाँकी सबै ४ खेल जित्नुपर्ने हुन्छ ।

त्यस्तै एकदिवसीय मान्यता कायमै राख्न दुई खेल जित्नुपर्ने दबाब छ । शृङ्खलामा घरेलु टोली नेपालसहित यूएई र पपुवा न्युगिनी रहेका छन् । नेपालले यूएई र पपुवा न्युगिनीसँग समान २/२ खेल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित