७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

एम्बुलेन्स दुर्घटनामा परेकी गौतमको शल्य क्रिया गरि बच्चा निकालियो

गोरखा, २ जेठ । सुत्केरी गराउन चितवन लिएर गएको एम्बुलेन्स दुर्घटनामा परेकी महिलाको शल्य क्रिया गरेरी बच्चा निकालिएको छ । दुर्घटना हुँदा गोरखा नगरपालिका–६ निवासी २८ बर्षकी श्रृजना गौतम गंभिर घाईते भएकी थिइन । सुत्केरी गराउन चितवन तर्फ जाँदै गरेको ग ३ च १५०८ नम्बरको एम्बुलेन्स मंगलबार बिहान १ः४० बजे दुर्घटनामा परेको थियो । दुर्घटनामा परी गंभिर घाइते भएकी श्रृजनाको चिकित्सकहरुले शल्यक्रिया गरेर बच्चा निकालेको हो । शल्या क्रिया गरेर छोराका निकालिएको डा.सन्दिप मास्केले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक निर्मल पनेरुले दिएको जानकारी अनुसार एम्बुलेन्स दुर्घटनामा परेकी श्रृजनाको अनुहारमा चोट लागेको छ भने देब्रे खुट्टा भाँचिएको छ । घाईते श्रृजनाको अवस्था सामान्य देखिएको छ भने बिहीबार खुट्टाको अप्रेशन गर्नुपर्ने चिकित्सको भनाई छ ।

श्रृजनालाई सुत्केरी गराउनको लागि एपोलो अस्पतालको एम्बुलेन्स मार्फत चितवनको भरतपुर तर्फ लादै गर्दा भरतपुर महानगर पालिका–१ को रामनगर स्थित नारायणगढ–मुग्लिङ सडक खण्डमा साइडमा रोकिरहेको ना ७ ख ६४ नं. को ट्रक संग एम्बुलेन्स ठोकिन पुगेको थियो । आमा र बच्चा दुवैलाई अहिले आईसियुमा राखेर उपचार भईरहेको चितवन प्रहरीकार्यलयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित