६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

पालुङटार नगरपालिकामा शैक्षिक गुणस्तर सुधार गर्न उपचारात्मक कक्षा

जस अन्र्तगत नगरक्षेत्र आधारभूत तह तथा माध्यामिक तहका सवै बिधालयहरुमा गएको शैक्षिक सत्रको अन्तिम परीक्षामा नतिजा कमजोर देखिएका बालबालिकाहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि उपचारात्मक कक्षा सञ्चालन गरिएको उहाँको भनाई छ ।
‘कार्यक्रम अन्र्तगत तोकिएका सवै बिधालयहरुले कमजोर बिधार्थीहरुका लागि बार्षिक रुपमा कम्तिमा ७२ घण्टा थप कक्षा व्यवस्थापन गरि पठनपाठन गराउनुपर्छ, नगरप्रमुख चिन्तनले भन्नुभयो,‘केही बिधालयहरुमा उपचारात्मक कक्षा सुरु भईसकेको छ भने केहीमा सुरु हुदैछ ।’ नगरपालिका भित्र सञ्चालित आधारभूत तथा माध्यामिक तहका बिधालयहरुको अन्तिम परीक्षाको नजिता कमजोर देखिएपछि उपचारात्मक कक्षा सुरु गरेको उहाँको भनाई छ ।

‘नजिता कमजोर देखिएका बिधालयहरुमा शैक्षिक सुधार गर्नै पर्ने अबस्था छ, नगरप्रमुख चिन्तनले भन्नुभयो, त्यसका लागि बिधालयले नजिता कमजोर देखिएका बिधार्थीहरुको छनोट गरि थप ७२ घण्टा आधारभूत तह र माध्यामिक तहका बिधालयहरुले अनिबार्य कक्षा सञ्चालन गरि कमजोर देखिएको बिषय पढाउनु पर्छ ।’

बिधालयहरुले उपचारात्मक कक्षा पढाए बापत शिक्षकहरुले प्रति कक्षा करिब ३ सय ५० रुपैयाका दरले पारिश्रमिक पाउने जानकारी दिनुभयो । ‘शिक्षकहरुलाई अतिरिक्त कक्षा पढाए बापत नगरपालिकाले शिक्षकहरुलाई पारिश्रमिक उपलब्ध गराउन प्रत्येक बिधालयलाई २५ हजार रुपैयाका दरले रकम उपलब्ध गराएको छ, नगरप्रमुख चिन्तनले भन्नुभयो, ‘बिधालयहरुले कमजोर भएका बिषयका बिधाथीहरुका लागि बिहान वा बेलुकी समय मिलाएर अनिवार्य पढाउनु पर्नेछ ।’

उपचारात्मक कक्षामा बिधार्थीहरुलाई शिक्षण सिकाईका क्रममा कमजोर रहेको बिषयका आधारभूत कुराहरू जानकारी गराइने र त्यसले बालबालिकाहरुको शैक्षिक अवस्थामा सुधार आउने बिश्वास लिइएको नगरप्रमुख चिन्तनले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित