६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

‘मन पराएको केटाले नभेटे हराउँछु’ भन्दै घरबाट निस्किएकी किशोरी मृत फेला ।

शुक्रबार, भदौ २४, गोरखा,
कैलालीमा गएको सोमबार ‘स्कुल जान्छु’ भन्दै घरबाट निस्किएकी १५ वर्षीया एक किशोरी मृतावस्थामा फेलापरेकी छन् ।
धनगढी उपमहानगरपालिका–१३, मोहनपुरकी आस्था शर्मा गएको सोमबारदेखि बेपत्ता भएकी थिइन्कै लाली भएर बग्ने मोहना नदी किनारमा शुक्रबार उनको शव फेलापरेको हो । धनगढी–२, मोहना किनारमा शव फेलापरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।  उनका अनुसार शव ‘फुलेको’ अवस्थामा छ । शवको पोस्टमार्टम गर्ने तयारी गरिएको छ । आस्था सोमबार बिहान ‘स्कुल जान्छु’ भन्दै विद्यालयको पोसाकमा घरबाट निस्किएकी थिइन् ।
उनी बोराडाडीस्थित त्रिभुवन माविको कक्षा–८ मा अध्ययनरत थिइन् ।आस्था आफ्नो साथीसँग आइतबार साँझ एक शिक्षकलाई भेट्न उनको घर पुगेको खुलेको छ । विद्यालयबाट सरुवा भएका शिक्षकलाई भेट्न गए पनि उनी घरमा नभेटिएको खुलेको प्रहरी अधिकारीहरू बताउँछन् । सोमबार उनी अरू दिनभन्दा छिटो घरबाट निस्किएको प्रहरी अनुुसन्धानबाट खुलेको छ ।उनले घरमा आफ्नी बहिनीलाई ‘आफूले मन पराएको केटाले नभेटे आफू बेपत्ता हुन्छु’ भनेको सूचना प्रहरीले पाएको थियो । घटना सम्बन्धमा प्रहरीले उनका साथीसहित शंकास्पद व्यक्तिहरूसँग सोधपुछ गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित