६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

कोशिस को आयोजनामा पालुङटार मा स्वास्थ्यकर्मी लाई २ दिने सुपरिवेक्षण तालिम

पालुङटार २५ जेठ । गोरखाको पालुङटार नगरपालिकामा स्वास्थ्यकर्मिलाइ २ दिने सुपरिवेक्षण तालिम दिइएको छ ।

पालुङ्टार नगरपालिकामा रहेको होटल लिगलिग मनासलुको सभाहलमा तालिम  भएको छ। कोसिसको आयोजनामा बेसिशहर नगरपालिका स्वास्थ्य शाखा , मर्स्याङ्दी गाउपालिका स्वास्थ्य शाखा, सिरान्चोक गाउपालिका स्वास्थ्य शाखा, पालुङटार नगरपालिका स्वास्थ्य शाखा को समन्वय र सि बि एम को सहयोगमा कार्यक्रम भएको हो । २०१९ मा एम एच ग्याप को तालिम लिगेका स्वास्थ्यकर्मी को पुनर्ताजगी को लागि २ दिने सुपरिवेक्षण तालिम दिइएको कोसिस का प्रोजेक्ट कोअर्डिनेटर बिष्नु  चिलुवालले बताउनु भयो ।

पालुङटार नगरपालिका का नगर प्रमुख बिबस चिन्तन अजयको प्रमुख अथिति र कोसिस का प्रोजेक्ट को अर्डिनेटर  बिष्नु चिलुवालको अध्यक्षतामा कार्यक्रम भएको हो ।  राष्ट्रिय मानसिक स्वास्थ्य संगठन को आयोजनामा भएको हो । तालिम मा बेशिसहर नगरपालिका , मर्स्याङ्दी गाउपालिका , सिरान्चोक गाउपालिका , र पालुङटार नगरपालिका का  २१ जना स्वास्थ्यकर्मी को सहभागिता रहेको थियो । तालिम गोरखा हस्पिटलमा कार्यरत मनोचिकित्सक स्मिता न्यौपानेले दिनु भएको हो ।

 

यस सुपरिवेक्षण तालिमबाट गोरखा अस्पतालमा बिरामी रिफर को लागि समन्ध बढ्ने बिश्वास लिइएको  कोशिसका मनोसामाजिक परामर्श कर्ता बिपिन घिमिरेले बताउनु भएको छ ।

सुपरिवेक्षण तालिममा who अन्तर्गत क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखरामा कार्यरत डा: पोषण न्यौपानेको पनि सहभगिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित