७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

महिलाहरुलाई आत्मानिर्भर बनाउन व्यवसायिक तालिम

गोरखा, २६ जेठ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले महिलाहरुलाई आत्मानिर्भर बनाउन व्यवसायिक तालिम प्रदान गरेको छ । गाउँपालिकाले स्थानीय स्रोत र साधनको उपयोग गरी महिलाहरुलाई उद्यमी बनाउदै आर्थिक आयआर्जनमा आत्मानिर्भर बनाउन मुढा बुन्ने तालिम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

गाउँपालिकाको गरिवी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्र्तगतको प्राविधिक सिप विकास तालिम मार्फत महिलाहरुका लागि एक महिने मुढा बुन्ने तालिम दिइएको उहाँले बताउनुभयो । गाउँपालिकाको वडा नम्बर ४ स्थित देवी महिला लद्यु उद्यमी समुहमा आबद्ध ११ जना महिलाहरुले तालिम लिएर व्यवसायिक उद्यम सुरु गरेकोे अध्यक्ष भट्टको भनाई छ ।

‘तालिम लिएका सवै महिलाहरुले अहिले व्यवसायिक रुपमा मुढा बुन्ने पेशा समेत सुरु गरिसकेका छन्, उहाँले भन्नुभयो, ‘तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्नसके राम्रो आम्दानीसंगै राम्रो लाभ लिन सक्छन् भन्ने कुरा तालिमसंगै उहाँहरुले थालेको उद्यमबाट पुष्टी भएको छ ।’

समुहले उत्पादन गरेको प्रतिव्यक्ति दश हजार रुपँैयासम्मको मुढा गाउँपालिकाले खरिद समेत गरिदिएको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिनुभयो । ‘नव उद्यमीहरुको प्रोत्साहनका लागि गाउँपालिकाले समुहले पहिलो चरणमा उत्पादन गरेको उत्पादन गरेको मुढा खरिद समेत गरिदिएको छ, उहाँले भन्नुभयो, ‘एघार जनाको समुहलाई प्रतिव्यक्ति १० हजाररुपैया पर्ने गरि सोही बराबरको मुढा खरिद दिएको हो ।’

समुहमा आबद्ध रहेका सवै महिलाहरुले समुह मार्फत नै मुढा उत्पादन सुरु गरेको समुहकी अध्यक्ष सुनिता गुरुङले बताउनुभयो । तालिमबाट आफुहरुलाई दैनिक आयआर्जनका लागि बाटो खुलेको समेत उहाँले बताउनुभयो । ‘स्थानीय स्रोत र साधनको प्रयोग गरेर घरमै बसीबसी आम्दानी गर्न सक्ने अबस्था मुढा बुन्ने तालिमले प्रदान गरेको छ, अध्यक्ष गुरुङले भन्नुभयो, ‘यसबाट हामी समुहमा आबद्ध महिलाहरु खुशी भएका छौ ।’

उहाँले उत्पादित सामाग्री बजार व्यवस्थापनका लागि भने समस्या हुनेमा चिन्ता व्यक्त गर्नुभयो । गाउँपालिकाले ‘महिलाहरुलाई उद्यममा जोड्दै दैनिक आयआर्जन गर्नसक्ने बनाउन सके पालिकास्तरमा स्वरोजगारको विकास गर्न मद्दत पुग्छ, उहाँले भन्नुभयो, ‘त्यसका लागि पालिकाले महिलाहरुका लागि समेत उद्यममा जोड्न सकिने खालका तालिमहरु सञ्चालन गर्न सुरु गरेको छ ।’

बारपाक सुलिकोट गाउँपालिका पालिका भित्र युवायुवतीहरुलाई स्वरोजगार बनाउनका लागि प्लम्बिङ लगायतका अन्य तालिमहरु समेत प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित