पालुङ्टार नगरपालिका भित्रका विद्यालय तीन दिन बन्द हुने
गोरखा, २६ जेठ । पालुङ्टार नगरपालिकाभित्रका विद्यालयहरु तीन दिन बन्द हुने भएका छन् । नगरपालिकाअन्तर्गत शिक्षा शाखाले शुक्रबार एक सूचना जारी गर्दै अत्याधिक गर्मी बढ्न थालेछि आउँदो आइतबारदेखि मंगलबारसम्म विद्यालय बन्द गर्ने जनाएको हो ।
बिगत केही दिनदेखि बढेको अत्याधिक गर्मीका कारण विद्यालयमा हुने पठनपाठन तथा विद्यार्थीको स्वास्थ्यमा समेत असर पर्न सक्ने हुँदा आउँदो आइतबारदेखि मंगलबारसम्म बर्खे विदाबाट कट्टी हुने गरी सम्पूर्ण विद्यालयहरु बन्द गरिएको नगर कार्यापालिकाको कार्यालय शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत माधव पोखरेलले जानकारी दिनुभयो ।
‘एकहप्ताभित्र मनसुन आउला भन्ने आशाले आगामि तीन दिन विदा गरिएको उहाँले बताउनुभयो । नगरपालिकामा सामुदायिक र संस्थागत गरी ५३ वटा विद्यालयहरु छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
5%

8%

11%

3%

7%

प्रतिक्रिया दिनुहोस्