६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

१७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दै

१७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारतबीच खेल हुँदैछ । खेल श्रीलङ्काको कोलम्बोको रेस कोर्स मैदानमा नेपाली समय अनुसार दिउँसो पौने चार बजे सुरु हुनेछ ।

नेपालले समूह चरणको अन्तिम खेलमा आज भारतसँग खेल्न लागेको हो । यो खेलपछि समूह विजेता र उपविजेता तय हुनेछ । समूह ‘बी’ मा ३ अङ्क जोडेको नेपाल दोस्रो र भारत शीर्ष स्थानमा छन् । नेपालले भुटानलाई हराउँदै विजयी सुरुआत गरेको थियो ।

जितसँगै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको छ । भारत पनि अन्तिम चारमा पुगिसकेको छ । आज नेपालले भारतलाई हराउन सकेमा समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ । भारतले नेपाललाई हराएमा समूह विजेता बन्नेछ । दुवै खेल हारेको भुटान बाहिरिसकेको छ । आज हुने दोस्रो खेलमा बेलुका श्रीलङ्का र माल्दिभ्स खेल्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित