६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

पालुङटारमा नेपाली हस्तलेखन प्रतियोगिता कार्यक्रम सम्पन्न

पालुङटार न्युज,
गोरखा ( पालुङटार) ९ असार । गोरखा को पालुङटार मा माबी स्तरीय नेपाली हस्तलेखन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

हेल्पिङ हेण्डस अफ पालुङटारको आयोजना तथा शिक्षा , युवा तथा खेलकुद शाखा पालुङटार र लिगलिग कम्प्युटर ईन्स्टिच्युटको समन्वयमा नेपाली हस्तलेखन प्रतियोगिता शुक्रबार युनाइटेड इङ्लिस बोर्डिङ स्कुलको प्राङ्गणमा गरिएको हो ।

नेपाली हस्तलेखन कार्यक्रममा पालुङटार नगरपालिका भित्रका माध्यमिक तहका ९ विद्यालयका २२ विद्यार्थीहरुको सहभागीता रगेको थियो भने जसमा प्रथम स्थान हासिल गर्न सफल ठाटिपोखरी बाल ज्योति इङलिस बोर्डिङकि प्रशना कार्कीले ५० पुणाङ्कामा जम्मा ३२ ल्याएकी छन् ,भने दोस्रो स्थान हासिल गर्न सफल अमर ज्योति जनता माध्यमिक विद्यालयकी संगिता नेपालीले ५० पुणाङ्कमा २९ ल्याएकी छिन् साथै तेस्रो स्थान हासिल गर्न सफल युनाइटेड इङलिस बोर्डिङ स्कुलकि साधना थापा मगरले ५० पुणाङ्कमा २८ ल्याएकी छिन् ।

प्रमुख अतिथि नगर शिक्षाका प्रमुख माधाव पोखरेल, आतिथ्यतामा भएको हो जसमा अध्यक्षता हेल्पिङ ह्यान्ड्स अफ पालुङटार का अध्यक्ष लक्षमण गिरि ले गर्नु भएको त्गियो । कार्यक्रम संचालक आयोजक सस्थाका कार्यसमिति सदस्य विपिन घिमिरेले गर्नु भएको थियो र कार्यक्रममा सहभागी पालुङटारका माध्यमिक विद्यालयका प्रतिनिधि शिक्षकहरु अतिथि रहनुभएको थियो । भने निर्णयक मण्डलमा सिताराम अधिकारी र रामचन्द्र सापकोटा रहनु भएको थियो ।
साथै कार्यक्रममा मुख्य प्रायोजक लिगलिग

कम्प्युटरका प्रोपाइटर तथा आयोजक सस्थाको साधारण सदस्य विष्णु गिरी रहनु भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित