६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

रकगायक तथा अभिनेता रविन तामाङको निधन

काठमाण्डौ – नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ ।

हिजो बेलुका बुढानीलकण्ठ नगरपालिका–५ विष्णुमती चिस्यानीमा रहेको आफ्नै घरमा निधन भएको परिवारका सदस्यले बताएका छन् ।

तामाङ घरको कोठाभित्र मृत भेटिनु भएको हो । उहाँको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्ट समेत रहेका उहाँ पछिल्लो समय चलचित्र अभिनयमासमेत व्यस्त हुनुहुन्थ्यो ।

‘जय पशुराम’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’लगायत चलचित्रमा उहाँले अभिनय गर्नु भएको थियो । उहाँको चिसो चिसो हावामा, केटाकेटीलगायत गीत चर्चित छन् ।

 

अन्तिम अपडेट: असार २०, २०८०

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित