६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

मनकामना केबुलकार सञ्चालनमा आयाे ।

 

गोरखा, २५ भदाै। मनकामना केबलकार आजदेखी सञ्चालनमा आएको छ । मर्मतको काम सातादिन अगाडी नै सम्पन्न भएपछि शनिबारदेखी केबलकार सञ्चालनमा ल्याईएको हो ।

६ साताको लागि भनेर बन्द गरिएको केबलकारको काम १ साता बाँकी रहदैमा मर्मतको काम सम्पन्न भएकोले चाढै नै सञ्चालनमा ल्याईएको सञ्चालक मध्ये एक राजेशबावु श्रेष्ठले बताउनुभयाे। ‘हामीले सूचना नै जारी गरेर ६ साताको लागि बन्द गरेका थियौ’ भन्दै सञ्चालक श्रेष्ठले भने ‘मर्मतको काम चाढै नै सम्पन्न भएकोले आजैदेखी सञ्चालनमा ल्याइएको हो ।’

केबलकार एनालग प्रविधिमा सञ्चालनमा रहेको र डिजिटल प्रणालीमा लान दोस्रो चरणको मर्मतको लागि बन्द गरिएको नायब महाप्रबन्धक उज्वल शेरचनले जानकारी दिनुभयाे । ‘अष्ट्रेलियाबाट आएका प्राविधिकहरुले ६ साताको काम ५ सातामा नै सम्पन्न गरेको’ भन्दै महाप्रबन्धक शेरचनले भन्नुुभयाे `भक्तजनकाे चाहना पनि चाढो मर्मत गरेर सञ्चालनमा ल्यावस भन्ने भएकाले आजैदेखी सञ्चालन गरिएको हो ।’ नियमित सेडुल अनुसार असोज १ गते मात्र केबलकार सञ्चालनमा आउने थियो । केबलकार साउन २३ गतेदेखि बन्द गरेर स्वदेशी तथा विदेशी प्राविधिकहरुले काम गरेका थिए ।

केबलकारले दोस्रो चरणको मर्मतमा केबललाई घुमाउन प्रयोग भएको मुख्य बेरिङ फेर्ने काम सकेको छ भने कारका सबै ग्रिप फेर्ने र टावर नम्बर २, ३, ५ र ६ नम्बरको टावरको ओभरहल सर्भिसिङको काम पनि सकेको छ । त्यस्तै गरी कारका सबै ह्याङगरहरु चेकजाँच काम पनि सम्पन्न भएकोले केबलकार प्रशासनले जनाएको छ ।

सञ्चालनको २ दशक पार गरेको केबुलकारले मुख्य उत्पादक कम्पनीले विश्व बजारमा एनालग प्रविधि हटाउदै डिजिटल प्रविधि ल्याएकोले सोही अनुसार मनकामना केबुलकारलाई पनि परिवर्तन गरिएको सञ्चालक श्रेष्ठले बताउनुभयाे ।

केबलकार सञ्चालन भए लगत्तै भत्तजनहरुको लाम लागेको छ ।  ०५५ सालमा मंसिर ८ गतेबाट विधिवत रुपमा सञ्चालनमा आएको केबुलकारले यो अवधीमा १ करोड ६४ लाख तिर्थ यात्रीले केबुलकार प्रयोग गरेको नायब महाप्रबन्धक शेरचनले जानकारी दिनुभयाे ।केबलकार डिजिटल प्राविधिमा जान यो दोस्रो चरणको मर्मत कार्य सम्पन्न भएको हो । अब अन्तिम चरण काम बाँकी भएकोले सन २०२३ भित्रै मनकामना केबलकार डिजिटल प्रविधीमा सञ्चालनमा आउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित