६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

अजिनोमोटोले वास्तवमै हड्डी कमजोर बनाउँछ ?

गोरखा , कुनै रेस्टुरेन्ट, होटल वा खाजाघरको खानामा अजिनोमोटोको प्रयोग नभएको सायदै पाइएला । खासगरी स्वादका लागि भन्दै खानामा अजिनोमोटो प्रयोग गर्ने गरेको पाइन्छ ।

अजिनोमोटोको नियमित प्रयोगले शरीरको हड्डी खिइन्छ भनेको पनि सुनिन्छ । तर यस विषयमा वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको छैन । यद्यपि अजिनोमोटोको प्रयोगले हड्डी खिइन्छ नै भनेर भन्न नसकिए पनि स्वास्थ्यमा केही समस्या गर्दैन भन्ने चाहिं होइन ।

कसरी हड्डीमा असर गर्छ ?

अजिनोमोटोमा मोनोसोडियम ग्लोटामेट रासायनिक तत्व हो । जसको वैज्ञानिक नाम सोडियम सल्ट पनि भनिन्छ । यसको नियमित सेवनले रगतमा सोडियम जम्मा भएर उच्च रक्तचाप बढाउँछ । जसले मिर्गौलामा समस्या निम्त्याउँछ ।

शरीर र हड्डीलाई चाहिने क्याल्सियम मिर्गौलाले पिसाबमार्फत फालिदिन्छ । शरीरमा क्याल्सियम कम भएपछि यसले हड्डी खिइने वा कमजोर हुँदै जान्छ । हड्डीलाई बिस्तारै कमजोर बनाउँदै लैजाने कालान्तरमा हड्डी बाङ्गिने रोग लाग्न सक्छ ।

लक्षण

अजिनोमोटोको दैनिक सेवन गर्नाले टाउको दुख्ने, पाचन प्रणालीमा गडबडी, पेट दुख्ने, जीउ रातो हुने, पखाला लाग्ने, पसिना आउने, मुटु ढुकढुक हुने गर्छ । अजिनोमोटोको सेवनले शरीरमा पानीको मात्रा कम बनाइदिन्छ । जसकारण अनुहार सुन्निने, खुट्टाको मांसपेशी बाउँडिने, टाउको दुख्नेजस्ता समस्या हुन्छ ।

यसको नियमित प्रयोगले भविष्यमा उच्च रक्तचाप बढाउने, कलेजो, मुटुको समस्याका साथै पक्षघात, प्यारालाइसिस र क्यान्सरको समेत जोखिम हुन्छ ।

यी रोग भएकाले खानुहुँदैन

उच्च रक्तचाप, माइक्रेन (टाउको दुख्ने), ग्यास्ट्रिक, मोटोपन, अनिद्राको समस्या भएका व्यक्तिले अजिनोमोटोको सेवन गर्नु हुँदैन । यसले मन्दविषको रुपमा कालान्तरमा शरीरलाई हानि पुर्‍याउने गर्छ ।

कसरी टाढा रहने ?

बजारमा पाइने जंकफुडमा अत्यधिक अजिनोमोटो प्रयोग हुने भएकाले यस्ता खानेकुरा नखाने, जंकफुड मात्र नभएर घरभन्दा बाहिर होटलरेस्टुरेष्टमा पकाइने खानेकुराबाट सकेसम्म टाढा रहँदा स्वस्थ हुृन्छ । फलफूल तथा घरमै पकाएको खाना खान जोड दिने गर्नुपर्छ । यसले खानालाई स्वादिलो बनाउनेबाहेक स्वास्थ्यलाई केही फाइदा पुर्‍याउँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित