६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

बिश्व आत्महत्या रोकथाम दिबसको अबसरमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

भाद्र २५ गोरखा , गोरखाको पालुङटार नगरपालिका मा बिश्व आत्महत्या रोकथाम दिबस सन २०२२ सेप्टेम्बर १० को अबसरमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।                              पालुङ्टार नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा, स्वास्थ्य शाखा , इलाका प्रहरी कार्यलय ठाटिपोखरी कोसिस रास्टिय मानसिक स्वास्थ स्वाबलम्बन समुह तथा सिबि ए को सहयोगमा आसा जगाउ जीवन बचाउ भन्ने मुल नाराको साथ “आत्महत्या रोकथाममा बिध्यार्थी को भुमिका ” विषयमा माबी स्तरिय बक्तृत्वकला प्रतियोगिता पालुङटार को सभाहलमा भएको हो  । कार्यक्रममा  प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी ज्यु को अध्यक्षता र नगर उप प्रमुख बन्दना पाण्डे ज्यु को प्रमुख आत्तिथ्यमा सम्पन्न भएको हो ।शिक्षा अधिकृत करुणा पनेरु, जनस्वास्थ्य निरीक्षक कृष्ण अधिकारी र कोसिस नेपालका बिपिन पाण्डे निर्णायक मण्डल रहनु भएको थियो।                                                                कार्यक्रममा ८ बिद्यालयका प्रतिस्पर्धीको सहभागिता रहेको थियो  । जसमा अमर ज्योती मा.वि. का विवेचना देवकोटा प्रथम, युनाईटेड बोर्डिङ स्कुलकी सन्द्य्या घिमिरे दोश्रो, ठाँटीपोखरी बाल ज्योती बोर्डिङ स्कुलकी रोमिशा रानाभाट तेश्रो र श्री धर्मोदय मा.वि. कि अनिशा तामाङ सान्तोना स्थान हासिल गरे  । प्रतियोगिता मा उत्कृष्ट स्थान हासिल गर्नु भएका प्रतिस्पर्धिहरुलाई नगर उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृत ज्यु बाट पुरस्कार बितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित