६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

५० जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको राय, थप ३०२ किलो सुन तस्करी भएको निष्कर्ष

काठमाण्डौ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६१ किलो सुन तस्करी प्रकरणमा ५० जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ । सीआईबीले आज बुधवार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका ९ विदेशीसहित ३२ जना र फरार रहेका १४ विदेशीसहित १८ जनाविरुद्ध मुद्दा चलाउन राय दिएको जानकारी गराएको छ ।

यस्तै सीआईबीले ब्रेक सु लगायतका माध्यमबाट पछिल्लो समय झण्डै ३ सय २ किलो सुन तस्करी भएको अनुसन्धानबाट पत्ता लगाएको पनि जनाएको छ । अहिलेसम्मको अनुसन्धानको क्रममा रेडिट्रेड प्रालिबाट आयात गरिएका ब्रेकप्याडहरूमा लुकाइ छिपाइ अवैध पैठारी गरेको झण्डै ६१ किलो र सुन निकाली पुन प्याकिङ गरिएको अवस्थामा बरामद भइ आएका ब्रेकप्याडहरूको तौलबाट एकिन गरिएको झण्डै ३ सय २ किलो सुन अवैध पैठारी भएको सीआईबीले जनाएको छ ।

सीआईबीका अनुसार सुन अवैध पैठारी गर्न खडा गरिएका अरु पाँच वटा कम्पनीहरू मार्फत ल्याइएको सुनको विवरणको पनि थप अनुसन्धान भैरहेको छ ।

सीआईबीले आजै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाण्डौमा सुन तस्करी प्रकरणको प्रतिवेदन पेस गर्दैछ । सीआईबीले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँ बराबरको सुन तस्करी भएको दाबी गर्दै त्यति नै बराबरको बिगो कायम गरी मुद्दा चलाउन राय पेस गर्ने भएको छ । सुन तस्करी प्रकरणमा अहिलेसम्म ३२ जना पक्राउ परिसकेका छन् । १८ जना फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित