६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

गोरखामा २० बर्षकी युवतीलाई बलात्कार प्रयासको आरोपमा एक पुरुष पक्राउ

गोरखा, ३० असोज :   गोरखामा २० बर्षकी एक युवतीलाई बलात्कार प्रयासको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको आरुघाट गाउँपालिका–८, ईजारागाउँका ५१ बर्षका एकनारायण न्यौपानेले रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

न्यौपानले कागती बारीमा गोडमेलको लागि बोलाए ति युवतीलाई एक्लै भएको मौका पारी जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोप लागेको छ । घटनामा पीडित मार्फत जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका न्यौपाने विरुद्ध जबरजस्ती करणी उद्योग शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ । न्यौपानले यहीँ असोज २५ गते बिहान ति युवती माथि बारीमा बलात्कारको प्रयास गरेको युवतीले आरोप लगाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित