६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

एसिसी यू–१९ प्रिमियर कपमा अर्जुन कुमालको शतक

काठमाडौं : एसिसी यू–१९ प्रिमियर कपमा ओपन अर्जुन कुमालले शतक बनाएका छन्।  समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालका ओपनर अर्जुनले शतक बनाएका हुन्। 

मलेसियाको वाइएसडी युकेएम ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि  अर्जुनले  ९४ बलमा ११ चौकासहित शकत बनाए। उनलाई साथ दिइरहेका आकाश त्रिपाठीले साथ दिइरहेका छन्। उनले अर्धशतक प्रहार गरेका छन्। उनले ६४ बलमा ५० रन बनाएका थिए।  क्रिजमा अहिले अर्जुन र आकाशले शानदार ब्याटिङ गरिरहेका छन्। ३६औं ओभरको खेल चलिरहँदा नेपालले २२२ रन बनाएर खेलिरहेको छ। 

दोस्रो विकेटका लागि अर्जुन र आकाशले १ सय ५१  रनको साझेदारी गरिसकेका छन्।  पहिलो विकेटका लागि अर्जुन र दीपक बोहराले ७१ रनको साझेदारी गरे। दीपक २९ रन बनाएर आउट भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित