६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

अरुले पिठो बिकाए, माओबादिले चामल पनि बिकाउन सकेन :देबेन्द्र पौडेल

गोरखा २५ भाद्र – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माओवादी पार्टीप्रति जनताले धेरै आशा गरेको बताएका छन्। प्रेस सेन्टर नेपाल कास्की समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले माओवादीप्रति जनताको आशा धेरै रहेको बताएका हुन्।
उनले भने, ‘जनयुद्धमा जनतालाई जुन सपना देखाएका थियौं, त्यसमा माओवादी टुटफुट र विभाजन हुँदा मुद्दा कमजोर हुने अवस्था आयो। पार्टी कमजोर भएपनि माओवादीप्रति जनताले धेरै आशा गरेका छन्।’

उनले संघीयता, धर्म निरपेक्षता, संविधानबाट संविधान जस्ता उपलब्धी माओवादीले ल्याएको बताउँदै प्रचार नगर्दा अर्काले फाइदा उठाएको बताए।

‘अहिलेको व्यवस्थामा माओवादीहरूले गर्व गर्नुपर्छ। अहिले जुन राजनीतिक कोर्समा अगाडि बढेको छ, त्यो माओवादीकै लाइनमा छ’ उनले भने, ‘संविधानसभाबाट संविधान, संघीयता, गणतन्त्र माओवादीका उपलब्धि हुन्। माओवादीको बाटोमा अरु सबै दल आएका हुन्। उपलब्धि प्राप्त गर्दा पनि माओवादीले प्रचार गर्न जानेन अरुले पिठो बिकाए, हामीले चामल बिकाउन सकेनौँ।’

माओवादी कमजोर बन्दा परिवर्तनका एजेन्डाहरू उल्टिन सक्ने खतरा रहेकाले उपलब्धिलाई रक्षा गर्न हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित