६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

हङकङलाई हराउँदै नेपाल त्रिदेशीय टी–२० शृङ्खलाकाे फाइनलमा

काठमाण्डाै – हङकङलाई हराउँदै नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे फाइनलमा पुगेकाे छ । नेपालले हङकङलाई ७९ रनले हरायाे ।

नेपालले दिएकाे २ सय १४ रनकाे विशाल लक्ष्य पछ्याएकाे हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनायाे । हङकङका यानशे रथले सर्वाधिक ४५ रन बनाए । बलिङतर्फ नेपालका करण केसी, साेमपाल कामी र ललित राजवंशीले २/२ तथा दीपेन्द्रसिंह ऐरी र प्रतिस जिसीले १/१ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन बनायाे । नेपालका कुशल मल्लले सर्वाधिक ९२ रन बनाए । उनले ४१ बल खेल्दै ९ छक्का र ३ चाैका प्रहार गरे । यस्तै दीपेन्द्रसिंह ऐरीले ५७ रन बनाए । उनले ३४ बलमा २ छक्का र ६ चाैका प्रहार गरे ।

नेपालले ५५ रन बनाउँदा ४ विकेट गुमाएकाे अवस्थामा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले इनिङ्स सम्हाले । ५ औँ विकेटका लागि कुशल र दीपेन्द्रले १ सय ४५ रनकाे साझेदारी गरे । बलिङतर्फ हङकङका हरुन अरशद र माेहम्मद घजनफरले २/२ विकेट लिए ।

याे खेल जित्दै नेपाल १ खेलअघि नै फाइनल पुगेकाे हाे । फाइनल खेल आउँदाे शुक्रवार हुनेछ । अब नेपालले अन्तिम खेलमा आउँदाे साेमवार यूएईसँग खेल्नेछ । यसअघि बिहीवार भएकाे हङकङसँगकै खेलमा नेपाल ६ विकेटले र बुधवार भएकाे यूएईसँगकाे खेलमा ७ विकेटले विजयी भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित