६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

यूएईलाई १९ रनले हराउँदै नेपालले जित्यो यू-१९ प्रिमियर कपको उपाधि

काठमाडौ , यूएईलाई हराउँदै नेपालले एसीसी यू-१९ प्रिमियर कप जितेको छ।

मलेशियामा मंगलबार भएको फाइनल खेलमा नेपालले यूएईलाई १९ रनले पराजित गरेको हो। वर्षाका कारण केही समय रोकिएको खेल २७ ओभरमा झारिएको थियो भने यूएईले १९८ रनको लक्ष्य पाएको थियो। लक्ष्य पछ्याउने क्रममा यूएईले २६.५ ओभरमा सबै विकेट गुमाएर १७८ रन बनायो।

यूएईका लागि ध्रुव परासरले अर्धशतक प्रहार गरे। उनले ४९ बलमा पाँच चौका र दुई छक्काको मद्दतले ५७ रन बनाए। त्यस्तै, आर्याशं शर्माले ३२, आयान अफजल खानले ३० र यायिन किरण राईले १७ रन बनाए।

नेपालका लागि आकाश त्रिपाठीले चार, सुवाष भण्डारीले तीन, आकाश चन्दले दुई र हेमन्त धामीले एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतिमा २८० रन बनाएको थियो। नेपालका लागि कप्तान देव खनालले ९२ बलमा १०० रन बनाए। उनले नौ चौका र तीन छक्का प्रहार गरे।

त्यस्तै, अर्जुन कुमाल र उत्तम थापा मगरले अर्धशतक प्रहार गरे। प्रारम्भिक ब्याटर खनालले ५५ रन बनाए भने थापा मगरले ५७ रन बनाए। यसैगरी, दीपकप्रसाद डुम्रेले २८, दिपेश कँडेलले १०, हेमन्त धामीले सात र दीपक बोहराले पाँच रन बनाए।

यूएईका लागि हरित शेट्टीले पाँच, आयान अफजल खानले दुई र अम्मर बदामीले एक विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित