६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

पालुङटार ८ मा गिटि झिक्ने अनुमती लिएर बालुवा झिकियो ।

१३ कार्तिक  गोरखा । पालुङटार नगरपालिका वडा नम्बर ८ को चनौटे घाट बाट बालुवा चोरी निकासी गरिएको छ ।

पालुङ्टार नगरपालिकाले दसैं बाटो मर्मत को लागि भनेर गिटि उठाउन को लागि अनुमति दिएपनी  पालुङटार ८ को चनौटे धाट बाट भने जनप्रतिनिधि कै मिलेमतो मा अबैध बालुवा डम्पिङ तथा ओसारपसार  गरेको भेटिएको छ ।

यस विषयमा वडा अध्यक्ष होप बहादुर नेपालीले दसैं बाटो मर्मतको लागि नगरपालिका बाट अनुमती पाएपछी हामी जनप्रतिनिधि र प्रहरिको निगरानिमा गिटि झिकिएको तर बालुवा झिकेको बारेमा आफुलाइ जानाकारी नभएको बताउनु भएको छ । यता अस्थाई प्रहरी पोस्ट धुवाकोटले पनि आफुहरु पालुङटार ७ को वडा कप मा ब्यस्त भएकोले  विषयमा केही थाहा नभएको भनेर हलुका जबाफ दिएको छ ।

चनौटे घाट बाट दसै  बाटो  मर्मत को लागि गिटि झिक्ने अनुमती लिएर जनप्रतिनिधि कै मिलेमतोमा बालुवा उत्खनन गरेर बेचिएको र थुपारेर राखिएको छ एक जना स्थानीयले नाम नखुलाउने सर्तमा फोन मार्फत पालुङटार न्युज लाई जानाकरी दिएका छन् । उनले भनेका छन् यो विषयमा आफुले नगरपालिकामा बालुवा झिक्ने लाई सार्बजनिक गर्न र कारबाही गर्न को लागि निबेदन दिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित