६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

ओमानसँगको खेलमा नेपालले टस जित्यो, पहिला फिल्डिङ गर्ने ,

काठमाण्डाै – घरेलु टोली नेपालले आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा ओमानसँगको खेलमा टस जितेको छ ।

कीर्तिपुरको त्रिवि मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका छन् । ओमानले पहिला ब्याटिङ गर्नेछ । खेल ९ बजेदेखि शुरु हुनेछ । समान दुई खेलमा ४ अङ्क भए पनि ओमान नेटरनरेटका कारण शीर्षस्थानमा छ ।

नेपालले ओमानसँग समूह ‘ए’ को अन्तिम खेल खेल्न लागेको हो । प्रतियोगितामा नेपालले सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । ओमानले मलेसियालाई ३२ र सिङ्गापुरलाई २२ रनले हराएको थियो । नेपाल र ओमानबीचको खेलले समूह ‘ए’ को विजेता तय गर्नेछ । दुवै टोली सेमिफाइनलमा पुगेका छन् ।

विश्व कप खेल्न दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण छ । टी–२० मा नेपाल र ओमानबीच चार खेल भएको छ । जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ ।

आज हुने अरु खेलमा समूह ‘ए’ का मलेसिया र सिङ्गापुरबीच दिउँसो साढे १ बजे कीर्तिपुरमा, समूह ‘बी’ का हङकङ र यूएई बिहान ९ बजे तथा बहराइन र कुवेत दिउँसो साढे १ बजे मूलपानीमा खेल्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित