६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

कुमाल समुदायले माघे संक्रान्ती पर्व पहिलो पटक राष्ट्रिय रुपमा मनाउने

काठमाडौ । कुमाल समुदायको संस्कृतिक पर्व माघे संक्रान्तीलाई पहिलो पटक राष्ट्रियरुपमा मनाइने भएको छ । पर्व चितवनको भरतपुर महानगरपालिका स्थित गोलाघाटमा मनाइने नेपाल कुमाल समाज सुधार समितिले जनाएको छ । नेपाल कुमाल समाज सुधार समितिका केन्द्रीय अध्यक्ष तेल बहादुर र विशाल कुमालका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने   छ । थारु , मगर समुदायले पनि यो पर्व विशेष महत्वका साथ मनाउने गर्दछ । यो पर्व सरकारको राजपत्रमा नै नाम उल्लेख छ तर कुमाल समुदायको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्व माघीलाई सरकारद्धारा सम्बोधन नभएको अध्यक्ष कुमालले बताए । त्यसकारण प्रधानमन्त्रीलाई नै सहभागि गराएर पहिलो पटक राष्ट्रियरुपमा पर्व मनाउन लागेको हो । माघे सङ्क्रान्तिमा कुमाल समुदायको पहिचान उजागर गर्ने उदेश्यका साथ विभिन्न साँस्कृतिक कार्यक्रमहरु रहने छ । कार्यक्रममा कुमाल समुदायको परम्परागत घर, नाच, मौलिक खाना, मौलिक भेषभूषा प्रदर्शन गरिनेछ । माघीलाई कुमालहरुको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । यो पर्व माघी पर्वका रूपमा बडो उत्साहका साथ मनाइन्छ । यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी खाने चलन छ । माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात पुसको अन्तिम दिन घर–घरमा विभिन्न प्रकारका परिकारहरु बनाउने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित