६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

प्रदेशसभा सदस्यका लागि ई. दिपकबाबु कंडेलको दाबी

आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि नेपाली कांग्रेस गण्डकी प्रदेशसभा सदस्य पदको प्रत्यक्षतर्फ गोरखा क्षेत्र नम्बर २ ‘क’ बाट इन्जिनियर दिपकबाबु कंडेलले दाबि गरेका छन्।

प्रदेशसभा चुनावको लागि आन्तरिक तयारी गरिरहेका कंडेलले भने, ‘अहिले नै केन्द्रतिर छिरिहाल्ने मेरो योजना छैन। यसपटकको प्रदेशसभा चुनावमा गोरखा क्षेत्र नम्बर २ क को लागि प्रत्यक्षतर्फ प्रदेश सदस्यमा उम्मेदवारी दिने सोच बनाएको छु।’ सो क्षेत्रबाट कंडेलको नाम सिफारिससमेत गरिएको छ।आफूले प्रदेश सदस्य पदको उम्मेदवारी दिँदै गर्दा पार्टीको सङ्गठन बलियो बनाउन र सबै कार्यकर्ता तथा समर्थकको मनोबल उच्च बनाउन मद्दत गर्ने, देश र जनताको निम्ति काम गर्ने कंडेलले विश्वास व्यक्त गरेका छन्।

पदको लागि भन्दा पनि परिवर्तनको लागि लड्ने कंडेलले गण्डकी प्रदेशसभा सदस्य पदको उम्मेदवारी दिने कुराले चर्चा बटुल्दै छ। सबल उम्मेदवार सफल राजनीतिक पात्रका रुपमा चिनिने कंडेल नेपाली कांग्रेसलाई बलियो बनाउन र सङ्गठन मजबुत बनाउनमा आफ्नो ध्यान केन्द्रित भएको बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित