६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

कोशिसको सामाजिक परिक्षण, सिकाइ र अनुभव आदानप्रदान कार्यशाला गोष्ठी सम्पन्न

१४ मङ्सिर लमजुङ ।  मानसिक स्वास्थ्य को क्षेत्रमा बिगत ५ बर्ष देखि  काम गर्दै आएको संस्था कोसिसले परियोजनाको अन्तिम समयमा सामाजिक परिक्षण ,सिकाइ र अनुभव आदानप्रदान कार्यशाला  गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम लमजुङ  जिल्ला समन्वय समितिका संयोजक पुर्ण बहादुर गुरुङ को प्रमुख आतिथ्यातामा होटल बरन्डामा कार्यक्रम भएको हो । विशेष अतिथीमा  बेसिशहर नगरपालिकाका नगरप्रमुख गुमानसिङ अर्याल , मर्स्याङ्दी गाउपालिकाका प्रमुख अर्जुन गुरुङ , तथा ४ ओटा पालिकाको विभिन्न  वडा बाट वडा  अध्यक्ष, स्वास्थ्यकर्मी र शिक्षकहरुको  उपस्थिति रहेको थियो ।

 

लमजुङको बेसिशहर नगरपालिका र मर्स्याङ्दी गाउपालिका गोरखाको पालुङटार नगरपालिका र सिरान्चोक गाउपालिका गरि २ जिल्लाका ४ वटा पालिकामा यस  संस्थाले परियोजना सन्चालन गरेको छ । कोशिशले  २०१९  देखि आफ्नो परियोजना सन्चालन गर्दै आइरहेको छ ।

संस्थाले मानसिक समस्या भएका नागरिकको पहिचान गरि मनोबिमर्सकर्ताले काउन्सिल दिने गरेको छ ।भने सरोकार वाला स्थानिय तहसंग समन्वय गरि समुदायमा रहेको महिला समूह, बिद्यालयको विद्यार्थी संग  मानसिक स्वास्थ्य र आत्महत्या रोकथाम समन्न समन्धी सचेतनामुलक कार्यक्रम गरिएको  कुरा  पालुङ्टार र सिरान्चोक गाउपालिका हेर्ने बिमर्शकर्ता बिपिन घिमिरेले बताउनु भएको छ ।

 

कार्यक्रममा लेखा परिक्षण सम्योजक बिएम आचार्यले कोशिसले बिगत ५ बर्षमा गरेको सामाजिक लेखापरीक्षणको उपलब्धिको बारेमा जानाकारी गराउनुभएको थियो । संस्थाको यस परियोजना थप दुई बर्षको लागि थप गरिएको कुरा यस संस्था परियोजनाको दाता cbm को रिता गौतमले सुचना गराउनु भएको छ थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित