६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

नेपालको प्रमुख प्रशिक्षक छाडेको अलमुताइरीको घोषणा,

गोरखा भाद्र २६ – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर अलमुताइरीले आफूले कार्यकाल सम्हालेको पाँच सय २५ दिनपछि आज राजीनामा दिएको घोषणा गरेका हुन् । उनले आफ्नाे कार्यकालमा खुसी, माया, दुःख र पीडा सबै प्राप्त गरेको पनि जनाएका छन् ।

कहिले एन्फा त कहिले खेलाडीसँगको विवादका कारण पछिल्लो समय उनी नेपालमा थिएनन् । अलमुताइरीको प्रशिक्षणमा नेपाल साफ च्याम्पियनशिपमा पहिलो पटक फाइनल पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित