६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा

गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज आइतबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।

तमु ल्होसारलाई गुरूङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन्।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरूङ बाहुल्य रहेको गोरखा,  लमजुङ,  तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा छ । सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ।

 

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको बताइन्छ ।

कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवं सांस्कृतिक वेशभूषामा सजिएर सहभागी हुन्छन्।कार्यक्रममा गुरूङ समुदायको परिकार विशेषको समेत प्रदर्शनी गरिने छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित