६ बैशाख २०८२, शनिबार । Apr 19, 2025

अकला मन्दिर नजिकै होटलमा हत्त्या गर्ने एक युवक पक्राउ

गोरखाको गोरखा न.पा. वडा नं. १४ अकला मन्दिर स्थित हिल कटेजका सन्चालक पालुङटार नगरपालिका ८ लामचौर घर भएका महेश पन्तको हत्त्या गरेको आरोपमा प्रहरिले एक जनालाइ पक्राउ  गरि सार्बजनिक गरेको छ।

गोरखा न.पा. वडा नं. १४ सलाङगिरी बस्ने बर्ष २३ को किसान परियारले मादक पदार्थ तथा लागू औषध सेवन गर्ने क्रममा व्यक्तिगत रिसईवीको कारण विवाद हुँदा निज मृतकलाई धारीलो हतियार खुर्पा तथा चक्कुले शरिरका विभिन्न भागहरुमा पटक-पटक प्रहार गरी कर्तव्य गरी मारेको प्रहरी समक्ष स्विकार गरेको प्रहरी उपरीक्षक अनुपाम श्रेष्ठले जानाकारी दिनु भएको छ ।

निज किसान परियारलाई मिति २०८०।०९।२४ गते  काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यलय मिनभवन काठमाण्डौको सहयोगमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १४ कलंकीबाट  पक्राउ गरीएको थियो ।

निज बिरुद्ध आज मिति २०८०।०९।२५ गते कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी सम्मानित गोरखा जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमती समेत लिई घटनाको यस कार्यालयबाट थप अनुसन्धान कार्य भई रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित