६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

पालुङटारको एक बिधालयको विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण

४ माघ, गोरखा । गोरखाको पालुङटार नगरपालिका ७ मा रहेको बाल कल्याण मा.बि. का  १५ जना विद्यार्थी लाई न्यानो कपडा  तथा शैक्षिक सामाग्री वितरण गरिएको छ।

बिमला बिनिस्मा पन्त फाउन्डेसनले गरिब,बिपन्न, पीडित,असाहाय,अपाङ्ग तथा आर्थिक अवस्था कमजोर भएको  विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरि सहयोग गरेको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रेम कुमालले  जानाकारी दिनु भएको छ । 

सात दिनमा एक दिन मेरो जन्मभुमिको लागि बाचौ र बचाऔ भन्ने मुल नारा सहित स्थापना गरिएको यस  फाउन्डेसनले  एक हजार गरिब विद्यार्थीलाई छात्रवृत्ति अभियान कार्यक्रम अन्तर्गत विद्यार्थीलाई सहयोग गरिएको फाउन्डेसनले जनाएको छ ।

कार्यक्रममा फाउन्डेसन का अध्यक्ष  पालुङटार  नगरपालिका वडा नम्बर ६ निबासी प्रकाश पन्त, बाल कल्याण मा .बि को शिक्षक शिक्षिका विद्यार्थी र अभिभावक को उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित