६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

जीवन ज्योती माबीमा लागुऔसध दुर्ब्यसन र महिला हिंसासमन्धी चेतनामुलक कार्यक्रम सम्पन्न

गोरखा २१ माघ। पालुङटार वडा नम्बर ७ मा रहेको जीवन ज्योती माबीका ११/१२ पढ्ने विद्यार्थीमाझ  चेतनामूलक कार्यक्रम गरिएको छ ।

च्याङ्ली मिडिया प्राली बाट संचालित पालुङटार न्युजको आयोजना पालुङटार नगरपालिका वडा नम्बर ७ वडा कार्यलयको सहआयोजना  र  जीवन  ज्योती माबी र अस्थायी प्रहरी चौकी बिरुवाटारको समन्वयमा लागुऔसध दुर्ब्यसन  र महिला हिंसा समन्धी कार्यक्रम विद्यार्थीमाझ गरिएको हो ।

कक्षा ११/१२ का विद्यार्थीमाझमा अस्थायी प्रहरी चौकी बिरुवाटारका प्रमुख प्रहरी हवल्दार धुर्ब बराकोटीले लागू औसध दुर्ब्यसनको बारेमा कक्षा दिनु भएको थियो भने पालुङटार नगरपालिका वडा नम्बर ७ वडा कार्यलयमा कार्यरत  सचिब सबिता पन्तले मिहिला हिंसा समन्धी कक्षा दिनुभएको थियो भने पालुङटार नगरपालिका  वडा ७ का वडा अध्यक्ष अर्जुन बाहादुर कुमालले लागू औसध दुर्ब्यसन र महिला हिंसा समन्धी वडाले खेलेको भूमिकाको बारेमा विद्यार्थीलाई जानाकारी गराउनु भएको थियो ।

कार्यक्रम सन्चालन च्याङ्ली मिडिया प्राली बाट संचालित पालुङटार न्युजका अध्यक्ष  सुरज सागर कुमाल गर्नु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित