६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

नेपाल श्रीलङ्का माथि ६ गाेल को सानदार जित सहित, समूह विजेता बन्दै सेमिफाइनलमा

गोरखा भदौ २७-  साफ महिला च्याम्पिनसशिप अन्तर्गत समूह ‘बी’ काे अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई ६–० गाेल अन्तरले हराएकाे छ ।

दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालका लागि रश्मीकुमारी घिसिङले खेलकाे नवाैँ मिनेटमा पहिलाे गाेल गरिन् । यस्तै ११ औँ मिनेटमा सरु लिम्बुले गाेल गर्दै नेपालकाे अग्रता दाेब्बर बनाइन् । यस्तै खेलकाे १७ औँ मिनेटमा अमृता जैशी र इन्ज्युरी समयमा दीपा राईले गाेल गरिन् । यस्तै अनिशा कार्कीले खेलकाे ७६ र दाेस्राे हाफकाे इन्ज्युरी समयमा गाेल गरिन् ।

याे जितसँगै नेपाल समूह ‘बी’ काे विजेता बन्दै सेमिफाइनलमा पुगेकाे छ । नेपालले पहिलाे खेलमा भुटानलाई चार–शून्यले हराएकाे थियाे । यही समूहबाट भुटान यसअघि सेमिफाइनलमा प्रवेश गरिसकेको छ । यस्तै समूह ‘ए बाट भारत र बङ्गलादेश अन्तिम चारमा गइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित