६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

एक दिने योगा तथा ध्यान शिविर सम्पन्न

गोरखाको पालुङ्टार नगरपालिका वडा नं ७ बगरमा रहेको ओशो कैलाश ध्यान केन्द्रमा फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर एकदिवसीय योगा तथा ध्यान शिविर गरिएको छ ।

पालुङटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तनको  प्रमुख आतिथ्यतामा शिविर भएको हो । भने अतिथिमा पालुङटार वडा नम्बर ७ का वडा अध्यक्ष अर्जुन बहादुर कुमालको उपस्थिति रहेको थियो ।  

ओशो उपवन पोखराका अध्यक्ष स्वामी योगानन्दको विशेष उपस्थितिमा शिविर गरिएको र शिविरमा १०० भन्दा बढीको  उपस्थिति रहेको ओशो कैलाश आश्रम ध्यान केन्द्रका सञ्चालक स्वामी प्रेम सुभाष थापाले जानकारी दिनु भएको छ ।

पालुङ्टार नगरपालिकाको वडा नम्बर  ७ को बगरम विगत केही वर्षअघिदेखि मर्स्याङ्दी नदी किनार खोलाघाटमा निर्माण गरिएको ओशो कैलास ध्यान केन्द्रमा समय समयमा यस्ता शिविरहरु सञ्चालन गरिदै आएको उहाले बताउनु भएको छ । उक्त शिविरमा १० जनाले ओशोको दिक्षा ग्रहण गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित