६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

पालुङटार ८ मा आत्महत्या रोकथाम तथा न्यूनीकरणको समन्धी चेतनामूलक कार्यक्रम सम्पन्न

१३ फागुन गोरखा । गोरखाको पालुङटार वडा नम्बर ८ मा आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम पालुङटार नगरपालिकाको आयोजना तथा सामाजिक बिकास कार्यलय गोरखाको सहयोगमा भएको हो । पालुङ्टार नगरपालिकाका प्रमुख विवस चिन्तनको अध्यक्षतामा कार्यक्रम भएको हो । अतिथिमा नगर उपप्रमुख बन्दना पान्डे , पालुङ्टार नगरपालिकाका  प्रसासकिया प्रमुख गौतम भन्डारी , वडा नम्बर ८ का वडा अध्यक्ष होप बहादुर नेपाली  सामाजिक बिकास शाखाको प्रमुख ,स्वास्थ्य शाखा प्रमुख ,सिर्जना पोख्रेल, जन स्वस्थ्य अधिकृत कृष्ण प्रसाद अधिकारी , सामि परियोजना प्रमुख कमल पोख्रेल , मनोसामाजिक बिमर्शकर्ता बिपिन घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गोबिन्द बगालेले आफू आत्महत्या गर्न लागेको मान्छे मध्यको एक भएको र आफुलाइ कोशिश सस्था र यसमा कार्यरत कर्मचारी मनोबिमर्शकर्ता बिपिन घिमिरे बाट काउन्सिलङ दिएपछी आफू मृत्युको मुख बाट फर्किएको अहिले आफुलाइ आत्महत्या गर्ने कुनै पनि सोचाइ आउदैन भन्दै आफ्नो अनुभव सहभागी मझमा सुनाएका थिए ।

कार्यक्रममा  त्यस्तै नगरउपप्रमुख  बन्दना पान्डेले   पुर्वाधार बिकास गरेर  मात्रै नभई अब चेतनशिल कार्यक्रम पनि गर्नु पर्ने देखिन्छ।  आत्महत्या गर्नेलाइ सहानुभूति नगरी गलत गर्यो भन्ने सन्देश मात्रै प्रबाह गर्दा पनि आत्महत्याको घट्ना घटाउन सहयोग पुग्छ ।

त्यस्तै कार्यक्रममा नगरप्रमुख विवस चिन्तनले आत्महत्या रोक्नको लागि समुदायको भुमिका अहम छ । हामी बाटो बाटो भबन को बिकास खोज्छौ तर समाजमा बिकृती फैलिएको छ , समाजमा चेतनाको अभाव छ ।  कार्यक्रममा मनोसामाजिक बिमर्शकर्ता बिपिन घिमिरे सामी परियोजनाका कमल पोख्रेल लगायतले मनतब्य राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित