६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

जुडिखोला बहुउद्देश्यीय सहकारीको प्रथम साधारणसभा सम्पन्न।

गोर्खाको पालुङटार  नगरपालिका वडा नम्बर ७  जुडिखोलामा रहेको जुडीखोला बहुउद्देशीय सहकारी संस्था लिमिटेडको पहिलो वार्षिक साधारण  सभा सम्पन्न भएको छ।

साधारणसभा कार्यक्रम पालुङ्टार नगरपालिका नगरप्रमुख विवस चिन्तनको प्रमुख आतिथ्यतामा भएको हो । विशिष्ट अतिथिमा नगर उपप्रमुख बन्दना पान्डे , वडा नम्बर ७ का वडा अध्यक्ष अर्जुन बहादुर कुमाल वडा सदस्य प्रेम कुमाल र प्रमिला थापा मगर  नगर पशु शाखा प्रमुख रामप्रसाद देवकोटाको उपस्तिथि रहेको थियो । भने अध्यक्षता सहकारीको अध्यक्ष अर्जुन बहादुर पान्डेले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी पालुङटार नगरपालिकाका नगरप्रमुख विवस चिन्तनले आफुहरु  किसानलाई जीवन निर्वाह मात्र हुने भन्दा पनि  व्यावसायिक बनाउन लागि परेको बताउनु भयो तपाइहरु योजना बनाउनुस हामी सहयोग गर्न तयार छौ उहाले भन्नू भयो 

सहकारीको सदस्यले ढुवानीमा बाटोको समस्य रहेको भन्ने गुनासो गरेपछी आफुहरुको ध्यान बाटो तर्फ नि रहेको उहाले बताउनु भएको छ ।

विशेष अतिथि नगर उपप्रमुख बन्दना पाण्डेले कार्यक्रममा बोल्दै नगर उपप्रमुख बन्दना पान्डेले जनताको जिवनस्थर उकास्नको लागि आफुहरु सधै लागि परेको बताउनु भएको छ हामी काम गर्ने सस्था र किसानलाइ मात्र सहयोग गर्ने बताउनु भएको छ 

वडा अध्यक्ष अर्जुनबहादुर कुमालले केही दिनमै फेरि वडा नम्बर ७ को सहयोगमा १८ वटा गाई आइपुग्ने जानाकारी दिनु भयो । गत बर्ष बाट सुरु भएको अभियन अहिले सफल हुँदै गएकोमा खुसी मान्नु पर्छ उहाले भन्नू भयो ।

कार्यक्रममा सस्थाका अध्यक्ष अर्जुन बहादुर पान्डेले  सस्थाको आयब्यायको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा सस्थाको सदस्यले गित मार्फत स्वागत गर्दै नगरपालिकाको चाहाना र सहयोग मार्फत आफुहरु सफल भएको भन्दै खुसी ब्यक्त गर्दै धन्यवाद दिएकी थिइन । सस्थाले पाहुनालाइ दुधको परिकार खिर र स्थानिय उत्पादन तरकारी बनाएर खाजा समेत खुवाएका थिए।

पालुङटार नगरपालिकालाई दूध र मासुमा आत्मनिर्भर बनाउने उदेश्यले ५० प्रतिशत  अनुदानमा   उक्त सहकारी मार्फत दैनिक करिब ४०० लिटर दूध बिक्री हुँदै आएको गाई दिएपछी  एक बर्षमै  दैनिक करिब ४०० लिटर दूध उत्पादन हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित