६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

जनमुखी उपभोक्ता सहकारी संस्था लिमिटेडको चौथो साधारणसभा सम्पन्न

१० चैत गोरखा । पालुङटार नगरपालिका वडा नम्बर ७ मा रहेको जनमुखी उपभोक्ता सहकारी संस्था लिमिटेडको चौथो साधारणसभा सम्पन्न भएको छ ।

पालुङटार नगरपालिका वडा नम्बर ७ को सभाहलमा भएको कार्यक्रम अध्यक्ष मन बहादुर कुमालको अध्यक्षता तथा  पालुङ्टार नगरपालिकाका उपप्रमुख बन्दना पाण्डेको प्रमुख आतिथ्यतामा भएको हो ।  विशेष अतिथिमा पालुङटार नगरपालिका वडा नम्बर ७ वडा अध्यक्ष अर्जुन बहादुर कुमाल, पालुङटार नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष तथा गोरखा जिल्ला  उपभोका सहकारी संस्थाका जिल्ला अध्यक्ष रिखिराज धौराली तथा अतिथिमा पालुङ्टार नगरपालिका वडा नम्बर ७ मा रहेको जीवन ज्योती माबिका प्रधानाध्यापक बद्री पान्डेको रहनु भएको थियो ।

कार्यक्रममा संस्थाको अध्यक्ष मन बहादुर कुमालले चौथो साधारणसभाको प्रतिबेदन पेस गर्नु भएको थियो । माझीगाउँ टोल बिकास संथाका ओम प्रकाश गुरुङ , जुडिखोला बहुउद्देश्यीय सहकारिका अध्यक्षका अर्जुन पाण्डे , जीवन ज्योती माबीको प्रधानाध्यापक बद्री पाण्डेले मन्तव्य राखनुभएको थियो ।

 सहकारी कतै ब्यबस्थापनको कतै समितिको कमजोरिको  कारण डुबेको छ । यसबाट पाठ सिकेर मात्रै सहकारी सफल हुन्छ। वडा अध्यक्ष अर्जुन कुमालले भन्नुभयो ।

कार्यक्रममा बोल्दै पालुङटार नगरपालिका नगरउपप्रमुख तथा प्रमुख अतिथी  बन्दना पाण्डेले २०६५ सालमा जनताको जीवन स्थर माथी उकास्ने उदेश्यले सहकारी स्थापना गरिएको हो । उपभोता को हित संग जोडिएर किसानलाई उत्पादनमा जोड दिन पर्छ । ठोस योजना बनाएर आउनु भयो भने हामी सहकार्य गर्न तयार छौ। उहाँले भन्नुभयो ।

भेलाले ७ सदस्यीय नयाँ कार्यसमिती गठन गरेको छ । जसको अध्यक्षमा मन बहादुर कुमाल उपाध्यक्षमा बुद्दी कुमाल सचिबमा भवना कुमाल कोषाध्यक्षमा कमल गुरुङ सदस्यहरु सुर्यलाल कुमाल प्रेम कुमाल ओमप्रकाश गुरुङ रहनु भएको छ ।

कार्यक्रममा स्वागत मनतब्य सहकारीका कोषाध्यक्ष  शुक्र बाहादुर बिकले गर्नु भएको थियो ।  भने कार्यक्रम सन्चालन    सहकारीका सचिव   रबिन्द्र कडेलले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित