६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

भारतीय दुतावासद्धारा गोरखा क्याम्पसलाई बस सहयोग

गोरखा, २ वैशाख :  गोरखा जिल्लाको एकमात्र पुरानो त्रिभुवन विश्वविद्यालयको अन्र्तगतको आंगिक क्याम्पस गोरखा क्याम्पस गोरखालाई भारतीय दुतावासले अनुदानमा बस उपलब्ध गराएको छ । दुतावासमा आज आयोजित एक कार्यक्रमका बिच क्याम्पसलाई उपहार स्वरुप भारतीय दुतावासले बस हस्तान्तरण गरेको क्याम्पस प्रमुख नवराज पाण्डेले जानकारी दिनुभयो ।

नेपाल–भारत विकास साँझेदारी कार्यक्रम अन्र्तगत क्याम्पसलाई दुतावासले क्याम्पस बस उपलब्ध गराएको उहाँले बताउनुभयो । अर्थमन्त्री बर्षमान पुन ‘अनन्त’ र नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले संयुक्त रुपमा क्याम्पसलाई बस हस्तान्तरण गर्नुभएको हो ।
गोरखा क्याम्पससम्म सार्वजनिक यातायातका साधन नचल्ने र हिडेर विद्यार्थीहरु क्याम्पससम्म आउनेजाने गर्नुपर्ने बाध्यता रहदै आएको थियो । दुतावासले बस उपलब्ध गराएपछि अवदेखि क्याम्पस आउजाउमा विद्यार्थीहरुलाई सजिलो हुने उहाँले बताउनुभयो ।

‘‘यातायातको सविधा नहुँदा विद्यार्थीहरु गोरखा क्याम्प्समा पढ्न चाहाने विद्यार्थीहरु समेत अन्यत्र क्याम्पस भर्ना हुने अवस्था थियो, क्याम्पस प्रमुख पाण्डेले भन्नुभयो, ‘‘वससेवा सञ्चालन भएपछि विद्यार्थीको संख्या समेत वढ्ने विश्वास लिइएको छ । भारतले नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा निरन्तर सहयोग पु¥याउदै स्कुल बस तथा एम्बुलेन्सहरु उपहार स्वरुप प्रदान गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित