६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

गोरखामा बलात्कारको आरोपमा पक्राउ परेका युवक पुर्पक्षका लागि कारागार चलान

गोरखा २४ वैशाख । गोरखामा जवरजस्ती बलात्कारको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । गोरखा, पालुङटार नगरपालिका वडा नम्बर ९ बिर्दीस्थित बुढुवाका ३२ को बर्षीया शेरबहादुर गुरुङलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक (डिएपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

गुरुङ १४ बर्षकी बालिकालाई गएको चैत २६ गते करिब ५ बजेको समयमा बाटोमा एक्लै हिडिरहेको अवस्थामा पछाडीबाट जवरजस्ती समातेर आफ्नो घर भित्र पु¥याएर बलात्कार गरेकोभन्दै पीडितका आफ्न्तले प्रहरीमा जोहरी दिएका थिए । प्रहरीमा उजुरी परेपछि उनलाई चैत २६ गते पक्राउ गरि जवरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको थियो ।

अनुसन्धानपछि आवश्यक कारवाहीका लागि प्रहरीले गोरखा जिल्ला अदालत गोरखामा पेश गरेकामा अदालतले गुरुङलाई पुर्पक्षको लागि कारागार चलान गर्ने आदेश दिएको थियो । अदालतको आदेशपछि उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित