६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

मर्स्याङ्दी कोरिडोर अन्तरपालिका समन्वय समितिद्वारा सम्माननिय प्रधानमन्त्री समक्ष एजेन्डा पेस

सन्ध्या नेपाली  । मर्स्याङ्दी कोरिडोर अन्तरपालिका समन्वय समितिद्वारा सम्माननिय प्रधानमन्त्री संग भेटघाट छलफल तथा कार्यक्रम पेश गरिएको छ ।

मर्स्याङ्दी कोरिडोर भित्र पर्ने नौ वटा स्थानीय तहहरु मिलेर बनेको मर्स्याङ्दी कोरिडोर अन्तरपालिका समन्वय समितिदारा मिति २०८१ वैशाख २७ गते सम्माननिय प्रधानमन्त्री पुष्प कलम दाहाल(प्रचण्ड) लाई मर्स्याङ्दी उपत्यकाको संयुक्त आयोजना पेश गर्नु भएको थियो। स्थानीय तहहरुको दिगो र सन्तुलित विकासको लागि आर्थिक, सामाजिक, साँस्कृतिक शैक्षिक तथा भौगोलिक विकासका दृष्टिकोणले विद्यमान सम्भावना र चुनौतिहरुको सामुहिक अभ्यास गरि नतिजा हासिल गर्न नौ स्थानीय तहहरु मिलेर  मर्स्याङ्दी कोरिडोर समन्वय समिति गठन गरिएको थियो ।

साझा चुनौती र सम्भावनाहरुको वस्तुगत विश्‍लेषण गरि सामुहिक उद्देश्य प्राप्त गर्न समय समयमा अन्तरपालिका समन्वयतात्मक छलफल, अन्तरक्रिया र बैठकहरुको आयोजना गरिँदै आएको , सामारिक महत्व राख्‍ने तथा समग्र मर्स्याङ्दी उपत्यकाको समुचित विकास र वृहत्तर हितका लागि यस क्षेत्रका नौवटा स्थानीय तहहरुको सामुहिक निर्णयले केही महत्वपूर्ण विकासका नतिजामूखी योजनालाई रणनितिक महत्वका साथ प्राथमिकतामा राखिएको, मानवपूँजिको निर्माण गर्ने सन्दर्भमा तनहुँ, लम्जुङ्ग, गोरखा र मनाङ जिल्लाका नागरिकहरुका लागि गुणस्तरीय विशिष्टिकृत सेवा सहितको सुविधा सम्पन्‍न अस्पताल एवं शिक्षण अस्पतालको अभाव भएको तथा आर्थिक विकासको दृष्टिकोणबाट सम्भावना बोकेको ‍औद्योगिक कोरिडोरको स्थापना र विकास गर्न समेत अत्यावश्यक रहेको कुरा प्रधानमन्त्री समक्ष राखेका थिए ।

     आर्थिक वर्ष २०८०/०८१ का लागि संघीय योजना तर्जुमा गर्ने चरणहरु प्रारम्भ भई रहेको सन्दर्भमा मर्स्याङ्दी उपत्यका (कोरिडोरका) स्थानीय तहहरुको करिब चार लाख नागरिकको प्रत्यक्ष सरोकार तथा कोरिडोर क्षेत्रको सन्तुलित विकासमा एवं प्रतिफलमूखी आयोजना र परियोजना सम्माननीय प्रधानमन्त्री  समक्ष पेश गरिएको छ ।

मादी-मर्स्याङ्दी कोरिडोर लम्जुंग ,गोरखा,तनहूँ ,मनाङ  हुँदै गण्डकी प्रदेश पोखरा जोड्ने मोटर मार्ग, मर्स्याङ्दी नदीमा मोटरेबल पुल, भानु साहित्य उद्यान निर्माण, पालुङटार विमानस्थल निर्माण तथा पुनःसंचालन, विद्युत सब-स्टेशन निर्माण, सुविधा सम्पन्न बहुमुखी क्याम्पस स्थापना, डुम्रे-वेसिशहर-चामे सडकको स्तरोन्नती बाँकी खण्ड निर्माण आयोजना, बन्दिपुर-छिम्केश्वरी-भानु जन्मस्थल- लिगलिगकोट-राइनसकोट दोर्दी भीम पोखरा-धारापानी-मनाङ्ग-थोरोङ्गपास हुँदै मुस्ताङ्ग र राष्ट्रीय मापदण्ड अनुरूपको रंगशाला निर्माण आदि कार्यक्रम समितिले सम्माननीय प्रधानमन्त्रीले पेश गर्नु भएको थियो ।

मर्स्याङ्दी कोरिडोर अन्तरपालिका समन्वय समिति संगको भेटघाट तथा छलफल प्रति खुशी व्यक्त गर्दै समितिको कार्यक्रमहरुलाई नियमित तर्फको कार्यक्रमलाई पुर्णता दिने र नयाँ कार्यक्रमहरुलाई प्राथमिकताका आधारमा संभव भए सम्म सम्बोधन गर्ने बताउनु भयो ।भानु नगर प्रमुख एवं मर्स्याङ्दी कोरिडोर अन्तरपालिका समन्वय समितिका अध्यक्ष आनन्द राज त्रिपाठीज्यूले समितिको तर्फबाट सम्माननिय प्रधानमन्त्री ज्यू र अर्थ मन्त्री वर्षमान पुन ज्यूलाई भानुको चिनारी बिर्के लगाएर भेटघाट तथा छलफलमा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने पालुङटार नगर प्रमुख विवस चिन्तनले कार्यक्रमको समापन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित