६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

तनहुँमा कार दुर्घटना: ५ भारतीय नागरिक घाइते

तनहुँ —आबुखैरेनी गाउँपालिका-१ सत्रसयमा आइतबार बिहान कार दुर्घटना भएकाे छ। उक्त दुर्घटनामा ५ भारतीय नागरिक घाइते भएका जिल्ला प्रहरीले जनाएको छ ।

 
आबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेकाे बिआर ०६ डीएच ८२८१ नम्बरकाे कार अनियन्त्रित भइ सडकदेखि २० मिटर तल खस्दा कारमा सवार ५ जना घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाकाे आबुखैरेनी अस्पताल, ३ जनाकाे पुरानाे मेडिकल कलेज चितवनमा उपचार भइरहेकाे छ भने एक जना उपचारपश्चात डिस्चार्ज भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित