६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

“वनको बाँदर वनैमा” कार्यक्रम सफल बनाउन पालुङटार नगरले गर्यो वनका समिति र टोल विकास संस्थासँग छलफल

पालुङटार नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको निति तथा कार्यक्रममा “वनको बाँदर वनैमा” शिर्षकले खुबै चर्चा पाएको छ । उक्त चर्चा पछि पालुङटार नगरपालिकाले कार्यक्रमलाई सफल बनाउन पालुङटार भित्रका वन उपभोक्ता समिति र टोल विकास संस्थाहरुसँग सोमबार छलफल चलाएको छ । डिभिजन वन कार्यालय गोरखाको सहकार्यमा पालुङटार नगरपालिकाको सभाहलमा उक्त छलफल कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तनले बाँदरका कारण कृषकहरु ठुलो समस्यामा परेकाले आफुँहरुले “वनको बाँदर वनैमा” कार्यक्रम ल्याइएको बताउनु भयो । बाँदरका कारण किसानले खेती गर्न छाडे पछि उत्पादनमा कमि आएका कारण उत्पादन बढाएर किसानका जीवन स्तर सुधार्नका लागि पनि मद्धत पुग्ने बताउनु भयो । यस कार्यक्रमलाई पालुङटार बाहिर राम्रो सँग हेरिए पनि स्थानिय जनताले नबुझे जस्तो गरेकोमा दुःख व्यक्त गर्दै उहाँले असम्भव भन्ने केहि नरहेकाले यस कार्यक्रमलाई जसरी पनि सफल बनाउन नगरपलिका लाग्ने पनि बताउनु भयो ।
पहिले जंगलमा आहालहरु हुने गरेको स्मरण गराउँदै उहाँले अहिले पानी जम्ने सम्म पोखरीहरु नहुँदा पनि बन्यजन्तुहरु बस्ती पस्न थालेको बताउँदै पोखरी आहाल निमाणर् गर्दा पर्यावरणमा पनि सहयोग पुग्ने र बन्य जन्तुहरु बस्ीत पस्न कमि आउने बताउनु भयो । उहाँले अब सामुदायिक वनमा पिपल, बर, समि, आँप, अम्बा, चिउरी, निमारो, डुम्री, केरा, किम्बु, तिदुँ, क्यामुनो र जामुनो जस्ता फलफुलका बिरुवा रोप्दा बाँदर बस्तीमा आउन कमि हुने भएकाले सामुदायिक वनले यस्ता बिरुवा रोप्न आग्रह गर्नु भयो । पालुङटार नगरपालिकाले ल्यइएको यस कार्यक्रमलाई सामुदायिक वनले साथ दिनु पर्ने बताउनु भयो । नगरपालिकाले उत्कृष्ट काम गर्ने सामुदायिक वनलाई पुरस्कृत गर्ने र काम नगर्ने वनलाई नविकरण पनि नगर्ने बताउनु भयो । एक जना स्थानियले एक दिन एक घण्टा समय निकालेर बिरुवा रोप्न पनि उहाँले आग्रह गर्नु भयो । किसानले सारै नै दुःख पाएका ठाउँमा वनका छेउछाउमा पालुङटार नगरपालिकाले खेती गर्ने योजना पनि बनाएको भन्दै उहाँले नगरपालिका किसानका मुद्धामा नगरपालिका गम्भिर भएर लागेको बताउनु भयो ।

त्यस्तै, कार्यक्रममा बोल्दै नगर उपप्रमुख बन्दना पाण्डेले कृषी क्षेत्र र कृषकहरुको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले “वनको बाँदर वनैमा” कार्यक्रम ल्याएको बताउनु भयो । किसानहरु सफल भए मात्र नगरपालिका बन्ने भन्दै उपप्रमुख पाण्डेले यस कार्यक्रमलाई सफल बनाउन सबैले हातेमालो गर्न जरुरी भएको बताउनु भयो । बाटो पिच गर्नु, भवन बनाउनु मात्र विकास नहुने भन्दै उहाँले पालुङटार नगरपालिका लोककल्याणकारी समाज बनाउन लागेको बताउनु भयो । त्यसैले पालुङटार नगरपालिका कृषी क्षेत्रमा मात्र नभई शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि गम्भिर भएर लागेको बताउनु भयो । पालुङटार नगरपालिकाले २०८३ सम्म बालमैत्री पालिका घोषण गर्ने योजनाका साथ काम गरेको पनि बताउनु भयो ।

कार्यक्रमका अतिथी डिभिजन वन कार्यालय गोरखाका डिभिजन वन अधिकृत मदन मोहन शाण्डिध्यले पालुङटार नगरपालिकाको यस कार्यक्रम जनपक्षिय भएको भन्दै वन कार्यालयले के कस्तो सहयोग गर्नु पर्ने सबै सहयोग गर्ने बताउनु भयो । विउ, विरुवा देखि प्रविधिक सहयोग गर्न कार्यालय तयार रहेको भन्दै उहाँले सहकार्य गर्दै अगाडी बढ्ने बताउनु भयो ।
कार्यक्रममा सामुदायिक वनका प्रतिनिधी, टोल विकास संस्थाका प्रतिनिधीहरुले वनका समि, बर, पिपल जस्ता र बगैँचाहरु मासिदाँ बाँदर गाउँमा आउन थालेको बताए । सहभागीहरुले नगरपालिकाको यस कार्यक्रम स्वागत योग्य रहेको भन्दै साथ दिन तयार भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित