६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

पालुङटार ७ र ८ को मिलिजुली कुमाल समाजलाई कुमाल पोसाक वितरण ।

१२ असार गोरखा । पालुङटार नगरपालिकाले कुमाल समुदायको मौलिक भेषभूषा र संस्कृतिको संरक्षणका लागि पोशाक वितरण गरेको छ।

पालुङटार नगरपालिका वडा नम्बर ७ र ८ का कुमाल समुदाय मिली बनाएको मिलिजुली कुमाल समाजको सक्रियतामा १०४ जना महिला र पुरुषको लागि पोशाक वितरण गरिएको हो । समुहको २ लाख रुपैयाँ  र नगरपालिकाको ३ लाख रुपैयाँ  गरि ५ लाख रुपैयाँ लगानी गरि पोसाक खरिद गरिएको समुहको सदस्य सुरज सागर कुमालले बताउनु भएको छ। विशेष सभा समारोहमा जातिय पोशाक सहित उपस्थित गराई समुदायका व्यक्तिहरुलाई आफ्नो मौलिक  भेषभूषा  तर्फ आकर्षित गर्ने ध्येयका साथ पोशाक वितरण गरिएको पनि उहाँले बताउनु भयो । महिलाको लागि कालो चोलो, रातो घलेक, लुङी पटुका तथा पुरुषको लागि सेतो भोटो, आसकोट, कछाड, कालो टोपी वितरण गरिएको पनि उहाँले बताउनु भएको छ ।

पालुङटार नगरपालिका प्रमुख विवस चिन्तनको प्रमुख आतिथ्यता तथा मिलिजुली कुमाल समाजको उपाध्यक्ष देबेन्द्र कुमालको अध्यक्षतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि विवस चिन्तन्ले  लोप हुँदै गएको सस्कृतिको संरक्षण गर्नको लागि बजेट दिइएको बताउनु भयो पोसाक मात्रै नभएर कुमाल समुदायलाइ अलि सिर्जनसिल काम गरि आयाआर्जन गर्ने सीप सिक्न पनि आग्रह गर्नु भएको छ ।यो पाली पोसाक बितरण गर्यौ अर्कोपटक भाष् र बाजाको लागि बजेट दिने प्रतिबद्धता जनाउनु भएको छ ।

कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष होप बहादुर नेपाली वडा सदस्य कृष्ण कुमाल स्वास्थ्य चौकी प्रमुख लक्ष्मण बाबू श्रेष्ठ , सानाकिसान सहकारीको अध्यक्ष कमल थापा लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा स्वागत मनतब्य कमला कुमालले गर्नु भएको थियो  भने कार्यक्रम सन्चालन सुरज सागर कुमालले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित